Monday, November 7, 2022

विद्युतीय मतदान प्रणाली र नेपालमा यसको प्रयोग


सारांश 
निर्वाचनलाई थप स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन अनेकौं प्रयास हुँदै आएका छन् । विद्युतीय मतदान प्रणाली यस्तै प्रयासको प्रतिफल हो । सन् १९६० को दशकदेखि यसको सफल प्रयोग प्रारम्भ भएको हो ।  शुरुमा एगलअजभम ऋबचम क्थकतझ त्यसपश्चात् इउतष्अब िक्अबल क्थकतझ हुँँदै सन् १९९० को दशकदेखि म्ष्चभअत(चभअयचमष्लन भभिअतचयलष्अ ९म्च्भ्० खयतष्लन कथकतझ प्रचलनमा आएको हो । संसारका करीब डेढ दर्जन मुलुकले कुुनै न कुनै रुपमा विद्युतीय मतदान प्रणालीको प्रयोग गरिरहेका छन् । यसमध्ये ब्राजिल, भारत, भुुटान र भेनेजुुयलालेमात्र सबै तहका निर्वाचनमा मुलुकभर विद्युतीय मतदान प्रणाली प्रयोग गरिरहेका छन् । 
नेपालमा पहिलो पटक २०६४ सालमा सम्पन्न संविधान सभा सदस्यको निर्वाचनमा काठमाडौं, निर्वाचन क्षेत्र नं. १ मा विद्युतीय मतदान मेशिनको प्रयोग भएको हो । त्यसपछि २०६५ र २०७१ सालमा सम्पन्न उपनिर्वाचनमा समेत गरी कुल १२ वटा निर्वाचन क्षेत्रमा यसको प्रयोग भयो । यी निर्वाचनमा भारतमा निर्मित विद्युतीय मतदान मेशिनको प्रयोग भएको थियो । यसका लागि आवश्यक मेशिन र प्राविधिक सहयोग भारतको निर्वाचन आयोग र भारत सरकारबाट सहयोगस्वरुप प्राप्त भएको थियो । प्रस्तुत लेख पनि मूलतः भारतमा निर्मित मतदान मेशिनमा बढी केन्द्रित रहेको छ ।
विद्युतीय मतदान मेशिनको सफल प्रयोग र यसबाट निर्वाचन व्यवस्थापनमा भएको सहजताका कारण आयोगको पहिलो र दोस्रो पञ्चवर्षीय रणनीतिक योजनाले विद्युतीय मतदान मेशिनको प्रयोगलाई बढाउँँदै लैजाने लक्ष्य राखेको थियो । यस लक्ष्य अनुरुप २०७४ सालको निर्वाचनलाई मध्यनजर गरी विद्युतीय मतदान मेशिनको प्रयोगका लागि आयोगबाट पहल भएको भएपनि उक्त प्रयास सम्भव भएन । यद्यपि आयोग आगामी दिनमा विद्युतीय मतदान मेशिनको प्रयोगलाई बढाउदै लैजानै दिशामा सकारात्मक रहेको पाइन्छ ।
विश्व बजारमा विभिन्न विशेषता र सुविधायुक्त विद्युतीय मतदान मेशिन उपलब्ध छन् । हाम्रै मुलुकमा राम लक्ष्मण इनोभेसन्सले पनि विद्युतीय मतदान मेशिनको विकास गरेको छ । आयोगमा विभिन्न समयमा विभिन्न किसिमका विद्युतीय मतदान मेशिनको प्रदर्शन र प्रस्तुतीकरण पनि भएका छन् । तर हाम्रो मुलुकको लागि कुन मेशिन उपयुक्त हुन्छ भन्ने सम्बन्धमा बृहत अध्ययन, अनुसन्धान एवम् राजनीतिक दलहरुसँगको परामर्श बिना किटान गर्न सकिने अवस्था छैन । रहदैन । यद्यपि राम लक्ष्मण इनोभेसन्स वा यसपूर्व प्रयोग भएको भारतमा निर्मित विद्युुतीय मतदान मेशिनको प्रविधि खरिद गरी मुलुकमै सरकारी स्वामित्वको उद्योग स्थापना गरेर मेशिन उत्पादन गर्न सकियो भने यो राष्ट्रिय गौरव र समृद्धिको विषय हुनसक्ने देखिन्छ । अन्य विकल्पमा पनि बृहत छलफल, अध्ययन, अनुसन्धान गरेर सबैभन्दा उत्तम विकल्प छनोट गर्न सकिन्छ । तर जुनसुकै मेशिन प्रयोगमा ल्याए पनि विद्युतीय मतदान प्रणाली र मेशिन पूर्ण रुपमा मतदातामैत्री, गोप्य मतदानको अधिकार पूर्णरुपमा सुरक्षित हुने, आन्तरिक र वाह्य दुवै दृष्टिले सम्पूर्णरुपमा सुरक्षित, शतप्रतिशत शुद्ध नतिजा दिन सक्ने, सरोकारवालाले चाहेमा परीक्षण (ब्गमष्त) गर्न सक्ने, लागत प्रभावी , दीर्घकालमा मुलुकको आफ्नै स्रोत, साधन र क्षमताले धान्न सकिने एवम् वातावरणमैत्री हुनु अनिवार्य छ ।

विषय प्रवेश
मुलुकको शासन व्यवस्थामा आमनागरिकको प्रत्यक्ष सहभागिता सम्भव हुँदैन । तसर्थ उनीहरु निर्वाचनको माध्यमबाट गोप्य मतमार्फत आफ्ना प्रतिनिधिको छनोट गर्छन र तिनै प्रतिनिधि मार्फत शासन व्यवस्थामा सहभागी हुन्छन् । सार्वभौम नागरिकको मतबाट उनीहरुका प्रतिनिधि छनोट गर्ने विषय भएकोले निर्वाचनको विधि र प्रक्रिया सदैव स्वच्छ, स्वतन्त्र र विश्वसनीय हुनु अनिवार्य   हुन्छ । निर्वाचनको सर्वस्वीकृत मर्म पनि यही    हो । 
निर्वाचन व्यवस्थापनको बृहत प्रक्रियामा मतदान र मतगणना सबैभन्दा संवेदनशील  विषय हुन् । निर्वाचन व्यवस्थापन निकायको सम्पूर्ण प्रयास पनि मतदान र मतगणनालाई सम्पूर्णरुपमा सफल पार्नमा नै केन्द्रित हुन्छ । व्यवस्थापकीय वा प्रशासकीय कार्य जतिसुकै दक्षतापूर्वक सम्पादन गरिए पनि मतदान र मतगणना प्रक्रियामा आममतदाता, राजनीतिक दल, उम्मेदवार र निर्वाचनका अन्य सरोकारवालाको विश्वास कायम गर्न सकिएन भने त्यस्तो निर्वाचन विवादित मात्र नभई आंशिक वा पूर्णरुपमा अस्वीकार्य हुने भय रहन्छ । यसबाट निर्वाचन व्यवस्थापन निकायको निष्पक्षता, क्षमता र दक्षतामा प्रश्न त उठछ नै, निर्वाचन सम्पन्न गर्न गरिएको सम्पूर्ण मेहनत समेत खेर जान्छ । यही संवेदनशीलतालाई ख्यालमा राखी लोकतान्त्रिक शासन व्यवस्था अपनाएका मुलुककले स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचनको सुनिश्चितताका लागि निर्वाचन प्रणाली, प्रक्रिया र पद्धतिमा समयानुकुल विभिन्न सुधार गर्दै आएका छन् । यस्ता सुधारले निर्वाचनलाई थप सहभागितामूलक, विश्वसनीय एवम् मितव्ययी समेत बनाएको छ । विद्युतीय मतदान प्रणालीको प्रयोग पनि यस्तै सुधारको लागि भएका प्रयासको प्रतिफल    हो । 

विद्युतीय मतदान 
मतदान र मतगणना प्रक्रियामा विद्युतीय यन्त्रको प्रयोग नै विद्युतीय मतदान हो । मतदाताले विद्युतीय मतदान मेशिनको माध्यमले मतदान गर्ने, सोही मेशिनमा मत अभिलेख हुने र अभिलेखको प्रशोधन गरी नतिजा समेत सोही मेशिनबाट सार्वजनिक हुने भएकोले यसलाई विद्युतीय मतदान प्रणाली भनिन्छ । 
विद्युतीय मतदान प्रणाली अहिलेको स्वरुपमा आइपुग्न धेरै समय र परिश्रम लागेको छ । यसको पहिलो स्वरुप  एगलअजभम ऋबचम क्थकतझ हो । मतदाताले पेपर कार्डमा उम्मेदवारको लागि निर्दिष्ट गरिएको स्थानमा प्वाल पारेर मत सङ्केत गर्दथे ।  यसलाई एगलअजभम ऋबचम च्भबमभच ःबअजष्लभ  मा राखेर गणना गरी परिणाम सार्वजनिक गरिन्थ्यो । यसपछि सन् १९६५ तिर मतपत्रमा मत सङ्केत  गर्ने र यसलाई अप्टिकल स्क्यान मेशिनबाट स्क्यान गरी गणना गर्ने प्रणाली आयो । क्यानडाको म्यूनिसिपल निर्वाचनमा अहिले पनि यो प्रणाली प्रयोगमा रहेको  छ । अप्टिकल स्क्यान प्रणालीपश्चात् सन् १९९० को दशकमा  मतदान, मतको अभिलेख एवम् नतिजा प्रशोधन र सार्वजनिकीकरण एउटै मेशिनबाट गर्न सकिने प्रणाली (म्ष्चभअत(चभअयचमष्लन भभिअतचयलष्अ ९म्च्भ्० खयतष्लन कथकतझ ) प्रयोगमा आयो । विद्युतीय मतदान मेशिन प्रयोग गरिरहेका धेरै मुलुकमा यही प्रणालीका मेशिन प्रयोग भइरहेका  छन् । अहिले कतिपय मुलुकमा इण्टरनेट, इमेल, फ्याक्स आदि इलेक्ट्रोनिक माध्यमबाट समेत मतदान गर्न सक्ने व्यवस्था गरिएको छ । यी पनि विद्युतीय मतदानकै रुप हुन् ।
सन् १९६० को दशकमै विद्युतीय मतदान (बृहत रुपमा प्रयोग गर्न सकिने गरी) को विकास भएको भएपनि सन् १९९० को दशकदेखि मात्र विभिन्न मुलुुकले संसदीय वा स्थानीय निर्वाचनमा विद्युतीय मतदानको प्रयोग प्रारम्भ गरेका हुन् । यसको प्रयोगले निर्वाचन व्यवस्थापनमा सहजता महसुुस त भयो नै तर विद्युतीय मतदानप्रति निर्वाचनका मुख्य सरोकारवाला राजनीतिक दल, उम्मेदवार र आममतदाताको विश्वास आर्जन गर्नुपर्ने चुनैती पनि सँगसँगै आएको थियो । तसर्थ विद्युतीय मतदान प्रणालीलाई प्रयोगमा ल्याएका मुलकले क्रमशः परीक्षणको रुपमा कुनै निश्चित मतदान स्थल वा निर्वाचन क्षेत्रमामात्र यसको प्रयोग गर्दै अगाडि बढदै गरेका हुन् । जस्तै अर्जेण्टिनाले सन् २००९ देखि साल्टा प्रोभिन्सको प्रोभिन्सियल निर्वाचनमा र सन् २०१५ मा व्यूनर्स आयर्स सिटीको स्थानीय निर्वाचनमा विद्युतीय मतदान मेशिनको प्रयोग गरेको छ । अष्ट्रेलियामा सन् २००१ मा सम्पन्न संसदीय निर्वाचनमा चारवटा मतदानस्थलमा मात्र विद्युतीय मतदान मेशिनको प्रयोग भएको थियो । सन् २००७ को निर्वाचनमा यसलाई अझ व्यापक बनाइयो । सोही निर्वाचनमा अफगानिस्तान, पूर्वीटिमोर, लेसोथो र सोलोमन आइल्याण्डमा खटिएका सुरक्षा सेना र कर्मचारीको लागि इण्टरनेट भोटिङको समेत व्यवस्था गरियो । अर्जेण्टिना, अमेरिका, अष्ट्रेलिया, इस्टोनिया, क्यानडा, जापान, नर्वे, नेदरलैण्ड, नामिविया, फिलिपिन्स, बेलायत, बेल्जियम, भारत, भुटान, स्पेन, स्विटजरलैेण्ड लगायतका मुलुकले कुनै न कुनै प्रकारले विद्युतीय मतदानलाई प्रयोमा ल्याएका छन् । फिनल्याण्ड, काजकिस्तान, फ्रान्स र जर्मनी लगायतका मुलुकले विद्युतीय मतदानको परीक्षण प्रयोग गरेर छोडेका छन् । फिनल्याण्ड र फ्रान्सले साइवर सेक्युरिटीलाई कारण देखाएर, जर्मनीले असंवैधानिक भएको भनेर र काजकास्तानले मतदाताले विद्युतीय मतदान भन्दा कागजको मतपत्रलाई बढी रुचाएको कारण देखाएर विद्युतीय मतदानलाई छोडेका हुन् । विद्युतीय मतदान प्रयोग गरिरहेका वा प्रयोग गरेर छोडेका देशको सङ्ख्या यो भन्दा बढी हुन सक्छन् । विद्युतीय मतदान प्रणाली प्रयोग गर्नेमध्ये विश्वका चारवटा मुलुक ब्राजिल, भारत, भुुटान र भेनेजुुयलाले सबै निर्वाचनमा मुलुकभर विद्युतीय मतदान मेशिनको प्रयोग गर्दै आएका छन् । विद्युतीय मतदान मेशिन प्रयोग गर्ने मुलुकमध्ये भारत सहित भुटान र नामिवियालले पनि  भारतमा निर्मित विद्युतीय मतदान मेशिन प्रयोग गरिरहेका छन् । 
विद्युतीय मतदानका सकारात्मक पक्ष
विद्युतीय मतदानले कागजको मतपत्र र मतपेटिकालाई प्रतिस्थापित गरिदिने हुनाले कागजको मतपत्र प्रयोग गर्दा आउन सक्ने सबै खालका समस्या स्वतः समाप्त हुन्छन् । यसका सकारात्मक पक्ष मुख्यतः देहाय बमोजिम छन् 
१.   विद्युतीय मतदान मेशिनको प्रयोगले बदर मत शूून्य हुन्छ । संसारका सबै देशका निर्वाचन व्यवस्थापन        निकायका लागि बदर मत सदैव एक प्रमुख चुनौतिको रुपमा रहदै आएको छ । कतिपय निर्वाचन क्षेत्रमा निर्वाचित उम्मेदवार र निकटतम प्रतिस्पर्धी उम्मेदवारले प्राप्त गरेको मतको अन्तरभन्दा बदर मत बढी हुँदा यो चुनैती अझ पेचिलो बन्ने गरेको छ । तर विद्युतीय मतदान मेशिनको प्रयोग गर्दा कुनै पनि मत बदर नहुने हुनाले निर्वाचनमा प्रत्येक मतको समान मूल्य स्थापित हुनुको साथै यसले निर्वाचित प्रतिनिधिको विजयलाई निर्विवाद बनाइदिन्छ  । तसर्थ मत बदर नहुनुु यसको सबैभन्दा महत्वपूर्ण पक्ष हो ।
२. कागजको मतपत्र प्रयोग गर्दा मतपत्रको साथसाथैे मतपेटिका, मत सङ्केत गर्ने छाप वा कलम, स्ट्याम्प प्याड र सोको मसी आदि सामग्री समेत आवश्यक हुन्छ । मतपत्रको छपाइ, रुजुु, प्याकेजिङ ,ढुवानी र सुरक्षा व्यवस्थामा ठूलो स्रोत, साधन र समय खर्च हुन्छ । विद्युतीय मतदान मेशिनको प्रयोगबाट मतपत्र व्यवस्थापनमा खर्च हुने स्रोत, साधनको बचत हुन्छ ।
३. निर्वाचनमा मतगणना निकै संवेदनशील कार्य हो । एक मतको अन्तरले विजय पराजय हुने हुनाले प्रत्येक मतपत्रको गणना निकै सावधानीपूर्वक गर्न आवश्यक हुन्छ । हाम्रो मुलुकमा त प्रत्येक मतपत्र उम्मेदवार वा निजहरुका प्रतिनिधिलाई देखाउदै उनीहरुको चित्त बुुझाउँदै गणना गर्नुपर्ने, मतगणना कार्य अगाडि बढदै जाँदा पराजित हुने सम्भावना बढदै गएका उम्मेदवार वा प्रतिनिधिको चित्त बुुझाउन निकै गाह्रो हुने, गणनाको क्रममा पटक पटक विवाद सृजना भई गणना नै स्थगित हुने, दोहो¥याएर गणना गर्नुपर्ने, गणना हुँदा हुँदैका मतपत्र उम्मेदवारका प्रतिनिधिले नै चपाइदिने वा च्यातिदिने च्यातिदिने जस्ता कारणले मतगणना कार्य झण्झटिलो समेत हुने गरेको   छ । पछिल्लो चरणमा त तारजाली लगाएर गणना गर्ने, सीसी क्यामरा जडान गर्ने जस्ता अभ्यास समेत शुरु भएका छन् । यी विविध कारणले मतगणनाका लागि निकै लामो समय र धेरै जनशक्ति लाग्नुको साथै मतगणना खर्च समेत उल्लेख्य रुपमा बढने गरेको छ । तर विद्युतीय मतदान मेशिनको प्रयोग गर्दा मतगणना कार्य अत्यन्त सहजताका साथ छिटा,े छरितो र मितव्यवी ढंगले सम्पन्न गर्न सकिन्छ । शीघ्र नतिजा घोषणाले आमनागरिक, मतदाता, राजनीतिक दल, पर्यवेक्षक लगायत सरोकारवालामा निर्वाचन व्यवस्थापन निकायको दक्षता, क्षमता एवम् समग्र साखमा समेत बृद्धि हुन्छ । 
४. कागजको मतपत्रको प्रयोजन एक पटक प्रयोग गरेपछि सिद्धिन्छ । प्रयोग भएका मतपत्रलाई सामान्यतः यसको संवेदनशीलताका कारण पुनप्र्रयोग नगरी आवश्यक सुरक्षा व्यवस्था सहित आगो लगाएर नष्ट गर्ने गरिएको छ । तर विद्युतीय मतदान मेशिनको हकमा यसमा अभिलेख गरिएको तथ्याङ्कलाई आवश्यक प्रक्रिया पूरा गरी मेटाएपछि पटक पटक प्रयोगमा ल्याउन सकिन्छ । यसर्थ दीर्घकालमा यो मितव्ययी र लागत प्रभावी हुन्छ ।
५. विद्युुतीय मतदान मेशिनले कागजको मतपत्र एवम् यसको छपाई तथा मतसङ्केत गर्न आवश्यक हुने मसीलाई प्रतिस्थापित गर्ने हुँदा ठूलो परिमाणमा कागजको बचत हुने भएकोले यो तुलनात्मक रुपमा अधिक वातावरणमैत्री छ ।
नेपालमा विद्युतीय मतदान 
नेपालमा पहिलो पटक संविधान सभा सदस्यको निर्वाचन,२०६४ मा काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा विद्युतीय मतदान मेशिनको प्रयोग भएको हो । यसपछि २०६५ सालमा सम्पन्न उपनिर्वाचनमा विभिन्न ६ वटा निर्वाचन क्षेत्रमा र २०७१ सालमा सम्पन्न अर्को संविधान सभा सदस्यको उपनिर्वाचनमा विभिन्न ५ वटा निर्वाचन क्षेत्रमा गरी कुल १२ वटा निर्वाचन क्षेत्रमा विद्युतीय मतदान मेशिनको प्रयोग गरी निर्वाचन सम्पन्न भएको छ । 
संविधान सभाको निर्वाचन शान्ति प्रक्रियाको अभिन्न अङ्गकोरुपमा सम्पन्न भएको हो । द्वन्द्वको व्यवस्थापन र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सम्पन्न गरिएको यो निर्वाचनमा संयुक्त राष्ट्र संघ लगायत छिमेकी मुलुक भारत, चीन एवम् विभिन्न निकायले सघाएका थिए । नेपालमा विद्युतीय मतदानको प्रयोग पनि यस्तै सहयोगको एक कडीको रुपमा थालनी भएको हो । संविधान सभाको निर्वाचनमा के कस्तो सहयोग पुु¥याउन सकिन्छ भनी २०६३ पौषमा भारतीय निर्वाचन आयोगका पदाधिकारीले गरेको नेपाल भ्रमणको सिलसिलामा आयोग पदाधिकारीसँग भएको भेटघाटमा विद्युतीय मतदान मेशिन प्रयोग गर्न अनुरोध भएको थियो । निर्वाचन व्यवस्थापनमा प्रविधिको प्रयोगलाई बढाउने यो एक अवसर थियो । आयोगले विद्युतीय मतदान मेशिनको प्रयोगबारे राजनीतिक दलहरुसँग तत्काल परामर्श शुरु ग¥यो । परामर्शबाट विद्युतीय मतदान मेशिन प्रयोग गर्ने राजनीतिक सहमति प्राप्त भएपछि संविधान सभाको निर्वाचनमा शहरी क्षेत्रका केही मतदान केन्द्रमा नमुनाको रुपमा विद्युतीय मतदान मेशिनबाट मतदान गर्न सक्नेबारे २०६३  माघ १३ गते आयोगले  सार्वजनिक जानकारी गरायो । यस लगत्तै आयोगले विद्युतीय मतदान मेशिनको  प्रयोग सम्बन्धमा आवश्यक अध्ययन गरी प्रतिवेदन पेश गर्न २०६३ साल फागुनमा तत्कालिन सहसचिव शरदचन्द्र पौडेलको नेतृत्वमा एक अध्ययन टोली भारत पठायो । उक्त टोलीबाट संविधान सभा सदस्यको निर्वाचनमा केही निर्वाचन क्षेत्रमा परीक्षणको रुपमा विद्युतीय मतदान मेशिनको प्रयोग गर्न सकिने प्रतिवेदन प्राप्त भयो । २०६४ साल असारमा जारी भएको संविधान सभा सदस्य निर्वाचन ऐनमा मतदान गर्ने प्रयोजनका लागि विद्युतीय उपकरण प्रयोग गरिएको अवस्थामा मतदाताले तोकिए बमोजिम विद्युतीय उपकरणद्वारा मतदान गर्नुपर्ने कानुुनी व्यवस्था भएपछि विद्युतीय मतदान मेशिन प्रयोग गर्ने मार्ग प्रशस्त भयो । मतदान मेशिन प्राप्त गर्न र परीक्षण गर्न लाग्ने समय, प्रशिक्षण सामग्रीको विकास, तालिम, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लाग्ने समय समेतलाई ध्यानमा राखी तत्कालका लागि परीक्षणको रुपमा काठमाडौं क्षेत्र नं. १ मा विद्युतीय मतदान मेशिनको प्रयोग गर्ने गरी आयोगबाट २०६४ साल साउन ३१ गते निर्णय भयो र तदनुरुप उक्त निर्वाचन क्षेत्रमा विद्युतीय मतदान मेशिनको प्रयोग गरी निर्वाचन सम्पन्न गरियो । 
उक्त निर्वाचनको लागि ८०० थान मतदान युनिट, २०० थान नियन्त्रण युनिट र ३०० थान बेट्री भारत सरकारबाट सहयोग स्वरुप प्राप्त भएको थियो । यसका साथै उपकरणको परीक्षण   (मेकानिकल जाँच), जनशक्तिको क्षमता विकास र मतदानको दिन मतदान केन्द्रमा आवश्यक हुन सक्ने प्राविधिक सहयोगको समन्वयका लागि समेत भारतीय निर्वाचन आयोगको सहयोग प्राप्त भएको थियो । यसै गरी २०६५ को उपनिर्वाचनको लागि आवश्यक थप ४७० थान मतदान युनिट, ८७० थान नियन्त्रण युनिट र १२१२ थान बेट्री सहयोग स्वरुप प्राप्त भएको थियो । यसैगरी २०६५ र २०७१ मा सम्पन्न उपनिर्वाचनमा मेशिनको मेकानिकल जाँचका लागि उत्पादक कम्पनी मध्येको इलेक्ट्रोनिक्स कर्पोरेशन अफ इण्डिया लिमिटेड (ECIL) बाट प्राविधिक सहयोग प्राप्त भएको थियो ।
आयोगको रणनीतिक योजनामा  विद्युतीय मतदान 
संविधान सभा सदस्यको निर्वाचनमा विद्युतीय मतदान मेशिनको सफल प्रयोग र यसबाट निर्वाचन व्यवस्थापनमा भएको सहजताका कारण आयोग आगामी दिनमा हुने निर्वाचनमा विद्युतीय मतदान मेशिनको प्रयोगलाई बढाउँदै लैजानुु पर्ने निष्कर्षमा पुुग्यो । यसै सन्दर्भमा २०६५ माघमा जारी भएको आयोगको पहिलो रणनीतिक योजनाले निर्वाचन प्र्रणाली र प्रक्रियामा सुधार गर्ने लक्ष्य अन्तर्गत विद्युतीय मतदान मेशिनबाट मतदान गराउने विषयलाई समेट्यो । यही लक्ष्य अनुरुप २०६५ सालमा सम्पन्न संविधान सभा सदस्यको उपनिर्वाचनमा सबै निर्वाचन क्षेत्रमा विद्युतीय मतदान मेशिनको प्रयोग गरियो ।
यसै गरी २०७१ सालमा जारी भएको आयोगको दोस्रो पाँचवर्षे रणनीतिक योजनाले विद्युतीय मतदान मेशिनको प्रयोग क्रमशः बढाउँदै लैजाने र प्रत्येक निर्वाचनमा करीब ५००० मेशिन थप गर्ने लक्ष्य राखेको थियो । २०७३ फागुनमा दोस्रो रणनीतिक योजनाको मध्यावधि मूल्याङ्कन   गरियो । दोस्रो रणनीतिक योजना जारी भएदेखि मध्यावधि मूल्याङ्कन अवधि बीच कुनै पनि निर्वाचन सम्पन्न नभएको कारण लक्ष्य अनुरुप विद्युतीय मतदान मेशिन थप गर्ने कार्य पूरा हुन  सकेन । यद्यपि परिमार्जित रणनीतिक योजनामा समेत वद्युतीय मतदान मेशिन थप गर्दै जाने लक्ष्य समेटिएको थियो । 
दोस्रो रणनीतिक योजनाले समेटेको लक्ष्यसमेतलाई मध्यनजर गरी आयोगबाट २०७४ सालमा सम्पन्न विभिन्न तहका निर्वाचनमा विद्युतीय मतदान मेशिन प्रयोगमा ल्याउने प्रयास भएको थियो । यस सन्दर्भमा विद्युतीय मतदान मेशिनको प्रयोगबाट निर्वाचनको व्यवस्थापन र सञ्चालन गर्दा निर्वाचनलाई छिटो छरितो, थप सहज र मितव्ययी बनाउन मद्दत पुगेको, बदर मत शून्य रहेको, मतपत्रको छपाइ एवम् मतदान र मतगणनाका समयमा आइपर्ने गरेका व्यवस्थापकीय जटिलता कम भएको एवम् उपकरणको प्रयोगलाई आममतदाता र राजनीतिक दलले सकारात्मक रुपमा लिएको कारण आगामी निर्वाचनमा देशभरका सबै निर्वाचन क्षेत्रमा विद्युतीय मतदान उपकरणको प्रयोग गर्न मनासिव  हुने व्यहोरा उल्लेख गरी आयोगबाट २०७४ साउनमा विद्युतीय मतदान मेशिनको व्यवस्थाका लागि विभिन्न विकल्प समेटिएको अवधारणा पत्र सहित नेपाल सरकारलाई अनुरोध समेत भएको थियो । तर मेशिन उपलव्ध हुन सकेन । उपलव्ध समय सीमाका कारण आयोगमा मौज्दात रहेका मेशिन समेत प्रयोगमा ल्याउन सकिएन । २०७६ साल मंसिर १४ गते सम्पन्न प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहको उपनिर्वाचनमा पनि विद्युतीय मतदान मेशिन प्रयोगमा ल्याउन सकिने सम्भावनाबारे छलफल भए पनि मेशिनहरुको सङ्ख्या र अवस्था, तिनको मेकानिकल परीक्षण, थप मेशिन प्राप्त गर्न लाग्ने समय, जनशक्ति विकास, मतदाता शिक्षाका लागि आवश्यक सामग्री उत्पादन र कार्यक्रम सञ्चालन समेतका कारण मेशिनको प्रयोग गर्न सकिने अवस्था रहेन । 
विद्युतीय मेशिनः विविधता, विशेषता र उपलब्धता
प्रविधिको क्षेत्रमा भएको विकासका कारण विश्व बजारमा विभिन्न प्रकारका सुविधा भएका विद्युतीय मतदान मेशिन उपलव्ध छन् । कुनैमा टच स्क्रीनमा देखिने डिजिटल मतपत्रमा औंलाले छोएर मत सङ्केत  गर्न सकिन्छ । कुुनैमा निश्चित बटन थिचेर गर्न सकिन्छ । हाम्रै मुलुुकका दुुई युवा राम र लक्ष्मण रिमाल  नेतृत्वको राम लक्ष्मण इनोभेसन्सले विकास गरेको विद्युतीय मतदान मेशिन मुलुकका विभिन्न संघ, संस्था तथा राजनीतिक दलको निर्वाचनमा प्रयोग भइरहेको छ । रिमाल दाजुुभाइले विकास गरेको विद्युतीय मतदान मेशिनको निर्वाचन आयोगमा समेत प्रदर्शन र प्रस्तुति भएको थियो । यसै गरी बेलायतस्थित स्मार्टमेटिक कम्पनीले निर्माण गरेको विद्युतीय मतदान मेशिनबारे पनि २०७३ साल माघमा आयोगको सभाहलमा तत्कालिन प्रधानमन्त्री एवम् विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वको उपस्थितिमा प्रदर्शन र प्रस्तुतीकरण भएको थियो । यसै गरी २०७४ साल साउनमा आयोगको सभाहलमा  विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई स्मार्ट मेट्रिक कम्पनी र भारतमा निर्मित विद्युतीय मतदान उपकरण बारे जानकारी गराइनुको साथै नमूना मतदान समेत सम्पन्न गरिएको थियो । सोही महिनामा इजरायलको सुपर कम कम्पनीद्वारा उत्पादित विद्युतीय मतदान मेशिन र यस सम्बन्धी सफ्टवेयर सम्बन्धमा उत्पादक कम्पनी सुपर कमको तर्फबाट आयोगको सभाहलमा प्रस्तुतीकरण भएको थियो । यी केही उदहारण मात्र हुन् । विद्युतीय मेशिनको विविधता, विशेषता र उपलब्धताको क्षेत्र निकै फरकिलो छ । अतः एउटै लेखमा उल्लिखित सबै प्रकारका मेशिनबारे चर्चा गर्न सम्भव पनि छैन । तसर्थ प्रस्तुत लेख निर्वाचन आयोगले प्रयोगमा ल्याइसकेको भारतमा निर्मित विद्युतीय मतदान मेशिनमा केन्द्रित रहेको छ ।  
भारतमा निर्मित विद्युतीय मतदान मेशिन 
सन् १९७७ मा भारतको निर्वाचन आयोगका तत्कालिन मुख्य निर्वाचन आयुक्त एस.एल.शकधरले भारतीय निर्वाचनमा विद्युतीय मतदान मेशिनको प्रयोग सम्बन्धी अवधारणा अगाडि सारेका हुन् । उनको अवधारणाले पाँच वर्षभित्रै मूर्त रुप पायो । सन् १९८२ मा केरलाको ७०–परुर क्षेत्रका ५० वटा मतदान केन्द्रमा विद्युतीय मतदान मेशिनको प्रयोग भयो । यसपछिका निर्वाचनमा क्रमशः यसको प्रयोगलाई बढाउँदै लगिनुको साथै मतदान मेशिनलाई थप परिस्कृत समेत गर्दै ल्याइयो । सन् २००४ देखि सबै निर्वाचनमा सम्पूर्ण भारतभर विद्युतीय मतदान मेशिनको प्रयोग हुँदै आएको छ । 
भारतमा पनि विद्युतीय मतदान मेशिनको प्रयोग निर्विवाद रहेन । पहिलो प्रयोगदेखि नै विभिन्न अदालतमा मुद्दा परे । यसको विश्वसनीयतामा विभिन्न कोणबाट प्रश्नहरु उठे । तर भारतको निर्वाचन आयोगले यी सबैको सामना गर्दै अघि बढ्यो । कतिपय अदालतले आफ्नो फैसलामा विद्युतीय मतदान मेशिनलाई भारतको राष्ट्रिय गौरवका रुपमा लिनुपर्ने बताउदै निर्वाचनको स्वच्छता र पारदर्शीताको अभिवृद्धि गर्दै जान निर्देशन जारी गरे । यसै सन्दर्भमा सन् २०१३ मा सर्वोच्च न्यायालयबाट मेशिनबाट हुने मतदानलाई थप विश्वसनीय बनाउन चरणगत रुपमा Voter Verified Paper Audit Trail /VVPAT प्रणाली प्रयोगमा ल्याउन आदेश भयो (यद्यपि यसको परीक्षण उत्पादन र प्रयोग सन् २०११ देखि नै भएको थियो ) । निर्वाचन आयोगले अदालतको आदेश बमोजिम सोही वर्ष अर्थात सन् २०१३ मा नागाल्याण्डमा सम्पन्न उपनिर्वाचनमा ख्ख्एब्त् प्रणाली प्रयोगमा ल्यायो र यसलाई क्रमशः अन्यत्र पनि विस्तार गरियो । यो प्रणालीका लागि भ्ख्ः मा अर्को एक थप युनिट जडान गर्न आवश्यक हुन्छ । ख्ख्एब्त् प्रणालीमा मतदाताले मतपत्रमा रहेको उम्मेदवारको क्रम सङ्ख्या, नाम र निर्वाचन चिह्न कागजमासमेत प्रिण्ट हुन्छ । मतदाताले ख्ख्एब्त् ग्लष्त को  डिस्प्लेमा सो प्रिण्ट हेर्न सक्छ र उसकै सामुमा उक्त प्रिण्टको स्लिप बक्समा खस्छ । निर्वाचन आयोगबाट स्वीकृत कार्यविधि वा निर्देशिका बमोजिम विद्युतीय मतदान मेशनमा अभिलेख मएको मतको सङ्ख्या र VVPAT Compart रहेको स्लिपको रुजु गरिन्छ । मतदान मेशिन र VVPAT को उत्पादन सरकारी कम्पनीहरु भारत इलेक्ट्रोनिक्स लिमिटेड, बैंगलोर (रक्षा मन्त्रालय अन्तर्गतको निकाय) र इलेक्ट्रोनिक्स कर्पोरेशन अफ इण्डिया लिमिटेड, हैदरावाद (एटोमिक इनर्जी डिपार्टमेण्ट अन्तर्गतको निकाय) ले गर्दै आएका छन् । 
भारतीय मतदान मेशिनका विशेषता
भारतमा निर्मित विद्युतीय मतदान मेशिनका मतदान युुनिट र नियन्त्रण युनिट गरी दुुईवटा युनिट छन् । मतदान युुनिट मतपत्रको सट्टा र नियन्त्रण युनिट मतपेटिकाको सट्टा प्रयोग हुन्छन् । सुरक्षित ओसार पसारका लागि यी दुवै युनिटहरु अलग अलग बाकसमा  राखिन्छन् । मतदान कार्यका लागि मतदान युनिट र नियन्त्रण युनिटलाई मतदान युुनिटमा रहने करीब पाँच मिटर लामो केवलले जोडिन्छ । ७.५ भोल्टको लिथुयनियम बेट्रीबाट सञ्चालन हुने यो मेशिन सबै मौसममा चलाउन सकिन्छ । मतको अभिलेख प्रणाली र नजितालाई कुनै पनि प्रकारले फेरबदल गर्न सकिदैन । मेशिनलाई तोडफोड गरेर भौतिक रुपमा सम्पूर्ण नष्ट नगरिएसम्म यसमा रहेको अभिलेखलाई नष्ट गर्न सकिदैन । मतगणना गर्दा कुन मतदान केन्द्रबाट कुन उम्मेदवारलाई कति मत प्राप्त भयो भनी थहा नहोस भन्ने उद्देश्यले दुुई वा सोभन्दा बढी मतदान केन्द्रको मतपत्र एकैठाउँमा मिसाएर गणना गरिने पद्दति बमोजिम नै १४ वटासम्म नियन्त्रण युनिटलाई आपसमा जोडी (अर्थात १४ वटा मतदान केन्द्रका मतपत्र मिसाए जसरी) ती युनिटमा अभिलेख भएको मत एकमुुष्ठ गणना गर्न सकिने गरी टाेटलाइजर प्रणालीकाे समेत विकास गरिएको छ । 
एउटा मतदान युनिटमा १६ वटा उम्मेदवार बटन (उम्मेदवारलाई मत दिनका लागि मतदाताले थिच्नुु पर्ने बटन) हुन्छन् । सोह्रजनाभन्दा बढी उम्मेदवार भएमा अतिरिक्त मतदान युुनिट थप गर्दै जानुपर्छ  । साविकमा ६४ जनासम्म उम्मेदवारलागि मात्र विद्युतीय मतदान मेशिनको प्रयोग गर्न सकिने अवस्था थियो । तर अहिले एउटा नियन्त्रण युनिटमा २४ वटासम्म मतदान युनिट जोडन सकिन्छ । यसो हुँदा अहिले ३८४ जनासम्म उम्मेदवार हुँदा पनि प्रयोगमा ल्याउन सकिने गरी निर्माण गरिएको छ । त्यस्तै साविकमा एक व्यक्ति एक मतको सिद्धान्तमा आधारित रही बनाइएकोमा अहिले एकजना मतदाताले जतिजनासम्म उम्मेदवारलाई मत दिनुपर्ने हो त्यतिलाई दिन सक्ने गरी विकास गरिएको छ । यसो हुँदा आगामि दिनमा हाम्रो मुलुकको स्थानीय तहका निर्वाचन एवम् राष्ट्रिय सभाका सदस्यको निर्वाचनमा समेत यो विद्युतीय मतदान मेशिन प्रयोग गर्न सकिने अवस्था भएको छ । सन् २०१३ देखि थप गरिएको ख्यतभच ख्भचथाष्अबतष्यल एबउभच ब्गमष्त त्चष्बरिख्ख्एब्त् प्रणालीमा एउटा सानो प्रिण्टर सहितको बक्स र ख्ख्एब्त् कतबतगक म्ष्कउबिथ ग्लष्तरख्क्म्ग् रहन्छन् ।
मतदान प्रक्रिया 
विद्युतीय मतदान मेशिनबाट मतदान गर्दा अपनाइने प्रक्रिया र कागजको मतपत्र प्रयोग गर्दा अपनाइने प्रक्रिया मूूलतः उस्तै हुन्छ  । मतदान केन्द्रमा मत सङ्केतका लागि निर्माण गरिने गोप्य कक्षमा आवश्यक सङ्ख्यामा मतदान युुनिट र  ख्ख्एब्त् उचष्लतभच  रहन्छ । मतदान गर्न अनुमति दिने र मत अभिलेख हुने नियन्त्रण युुनिट र ख्ख्एब्त् क्तबतगक म्ष्कउबिथ ग्लष्त ९ख्क्म्ग्० मतदान अधिकृतको टेवलमा रहन्छ । मतदाताको नाम रुजुु गर्ने, नङमा मसी लगाउने लगायतका प्रक्रिया पूरा गरेपछि मतदाता मत सङ्केत गर्ने गोप्य कक्षमा जान्छन् । मतदान अधिकृतले नियन्त्रण युनिटमा रहेको मतदान बटन (द्यबिियत द्यगततयल) थिचेर मतदानको अनुमति दिन्छन् । यसपछि मतदान युनिटमा हरियो र नियन्त्रण युनिटमा रातो बत्ती बल्छ । मतदाताले आपूmले रोजेको उम्मेदवारको नाम र निर्वाचन चिह्न रहेको लाइनको उम्मेदवार बटन थिचेर मतदान गर्छन् । यो बटन थिचेपछि आपूmले थिचेको बटनको बायाँतर्फ रातो बत्ती बल्छ । यस सँगै ख्ख्एब्त् को प्रिण्टरले मतपत्रमा रहेको उम्मेदवारको क्रम, नाम र निर्वाचन चिह्नको विवरण प्रिण्ट गर्छ । यो विवरण ख्ख्एब्त् युुनिटको  डिस्प्लेमा ७ सेकेण्डसम्म देखिन्छ र आफै सो युनिटको बक्समा खस्छ । मतदाताले मतदान गर्न बटन थिचे लगत्तै मतदान अधिकृतको टेबलमा रहेको नियन्त्रण युनिटको पनि बत्ती निभ्छ र लामो द्यभभउ कयगलम आउँछ । यसबाट मतदान अधिकृतले मतदान सम्पन्न भएको थाहा पाउँछन् । यसरी मततदान प्रक्रिया पूरा हुन्छ । 
मतदानको बीच बीचमा कति मतदान भयो भनेर हेर्न पनि सकिन्छ । तर कुन उम्मेदवारले कति मत प्राप्त ग¥यो भनेर हेर्न भने सकिदैन । यस बाहेक बेट्रीको अवस्था, मतदान शुरु भएको र बन्द भएको समय, मतदान युनिटमा तार राम्रोसँग नजोडिएको वा छुटेको, मतदान युनिटको कुनै बटन थिचिएर मतदान गर्न नसकिने भएको अवस्थामा नियन्त्रण युनिटको डिस्प्लेमा यस सम्बन्धी जानकारी प्रदर्शन हुन्छ । यसबाट मेशिनमा देखापर्ने सामान्य खालका समस्या मतदान अधिकृतबाटै तत्काल समाधान गरी मतदान कार्य सुचारु राखिन्छ । मतदान पश्चात मतगणनाका लागि मेशिनहरु गणना केन्द्रमा संङ्कलन गरिन्छ । गणना प्रक्रियामा मेशिनले डिस्प्ले स्क्रीनमा मतपत्रमा रहेको क्रम अनुसार कति क्रमको उम्मेदवारले कति मत प्राप्त ग¥यो डिस्प्ले हुँदै गर्दै जान्छ । मतगणना गर्दा माथि उल्लेख गरेबमोजिम आवश्यकतानुुसार त्यतबष्शिभच को पनि प्रयोग हुन्छ ।
मतदानपूर्वको तयारी 
भारतमा निर्मित विद्युतीय मतदान मेशिनको मतदान युुनिटमा कागजको मतपत्र प्रयोग हुन्छ । तसर्थ यदी पाँच हजार मतदान केन्द्रमा मेशिन प्रयोग गर्ने हो भने त्यति नै सङ्ख्यामा मतपत्र पनि  छपाइ गर्न आवश्यक हुन्छ । निविदा मतका लागि पनि मतपत्र आवश्यक हुन्छ । परम्परागत प्रणालीमा मतपेटिका जसरी सिलबन्दी गरिन्छ उस्तै प्रकारले यसमा पनि मतदान युुनिट र नियन्त्रण युनिटलाई मतदान केन्द्रस्तरमै उम्मेदवार वा प्रतिनिधिको रोहबरमा सिलबन्दी गर्ने गरिन्छ । तर हाम्रो देशमा भने जिल्ला सदरमुकाममा नै यी उपकरणहरु जाँच गरेर सिलबन्दी गरी पठाइएको थियो । मेशिनको प्रयोग नयाँ विषय भएको र यसको तयारी एवम् सिलबन्दी प्रक्रियाबारे मतदान अधिकृतको क्षमता वाञ्छित रुपमा विकास गर्न नसकिएको कारणले मतदान केन्द्रस्तरमा गरिने कामसमेत जिल्ला सदरमुकाममा नै गरेर पठाउनु परेको थियो । 
मतदान मेशिनलाई मतदान केन्द्रमा पठाउनुपूर्व यसको मेकानिकल परीक्षण गरिन्छ । सबै दृष्टिले दुरुस्त भएको यकिन गरेरमात्र मेशिनहरु मतदान केन्द्रमा पठाइन्छ । मतदान केन्द्रमा पुुगेपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा नमुना मतदान गरी मतगणना समेत गरेर देखाइन्छ । यसपछि मात्र मेशिनलाई सिलबन्दी गरिन्छ । सिलबन्दी गर्दा मतदान युनिटमा राखिने मतपत्रको पछाडि र सिलबन्दी गरिने स्थानमा लगाइने पेपर कार्ड (ब्ममचभकक त्बन भनिन्छ) हरुको पछाडि उम्मेदवार वा प्रतिनिधिहरुको सहीछाप  गराइन्छ र उक्त मतपत्रलाई फेर बदल गर्न नसक्ने गरी लाहाछाप लगाई सिलबन्दी गरिन्छ । 
मतदान युनिटको सिलबन्दीपछि नियन्त्रण युनिटको टोटल बटन थिचेर उक्त मेशिनमा  कुनै मत अभिलेख नरहेको यकिन गराई उम्मेदवार सेट गर्ने खण्ड र रिजल्ट खण्डमा माथि उल्लेख गरे बमोजिमका पेपर कार्डमा उम्मेदवार वा प्रतिनिधिको  सहीछाप गराई उनीहरुकै रोहबरमा सिलबन्दी गरिन्छ । मतदान सम्पन्न भएपछि नियन्त्रण युनिटको क्लोज (ऋयिकभ द्यगततयल) थिचेर मेशिन बन्द गरिन्छ । एक पटक क्लोज बटन थिचेपछि मतगणना नगरेसम्म उक्त मेशिनमा अरु कुनै विवरण अभिलेख गर्न सकिदैन । मतदान केन्द्रमा कुल कति मत खस्यो, कतिबजे मतदान कार्य समाप्त भयो जस्ता विवरण उल्लेख गरी मुचुल्का तयार गरिन्छ । मेशिनलाई सम्बन्धित बाकस (ऋबचचथलन ऋबकभ) मा राखी सिलबन्दी गरिन्छ । सिलबन्दी गर्दा प्रयोग गरिने पेपर कार्डहरुमा उम्मेदवार वा प्रतिनिधि समेतको सहिछाप गराईन्छ । यसपश्चात मेशिनहरु मतगणना केन्द्रमा सङ्कलन गरी गणना   गरिन्छ । 
निर्वाचनको लागि गरिने तयारीको क्रममा जुन जुन कार्य गरिन्छन् यी मेशिनहरु वास्तवमा मेकानिकल रुपमै सिलबन्दी भएका हुन्छन् । उम्मेदवारको सङ्ख्या सेट गरेपछि मेशिन सिलबन्दी नै नगरे पनि तात्विक फरक पर्दैन । तर निर्वाचन प्रक्रियामा आमनागरिक, मतदाता एवम् राजनीतिक दल र उम्मेदवारको विश्वासलाई अक्षुण राख्न परम्परागत निर्वाचन प्रणलीमा जस्तै यसमा पनि सिलबन्दीको प्रक्रियालाई अवलम्बन गरिएको छ ।
हाम्रो सन्दर्भमा कुन उपयुक्त होला 
आयोगको रणनीतिक योजनामा विद्युतीय मेशिनको प्रयोगलाई बढाउँदै लैजाने लक्ष्य समेटिएको, पन्ध्रौं योजना (आर्थिक वर्ष २०७६÷७७ देखि २०८०÷८१) को आधारपत्रमा निर्वाचन कार्यक्रम एवम् प्रक्रियालाई सरल, स्पष्ट, छिटो, छरितो र प्रभावकारी बनाउन निर्वाचन व्यवस्थापनका सम्पूर्ण प्रक्रियामा क्रमशः नवीन प्रविधि जस्तै विद्युतीय मतदान यन्त्रको प्रयोग गरिने विषय समेटिएकोले आगामी दिनमा विद्युतीय मतदान मेशिनको प्रयोग आवश्यक भएको सबैले आत्मसात् गरिसकेको विषय हो । तसर्थ हाम्रो सामुु उपलव्ध विकल्प मध्ये कुन विकल्प उत्तम हो भन्ने मात्र अहम् प्रश्न हो । बृहत छलफल, अध्ययन र अनुसन्धान एवम् लाभ लागतको विश्लेषण बेगर कुनै खास प्रणाली वा मेशिन सबैभन्दा उपयुक्त हो भन्न सकिने अवस्था हुँदैन । छैन ।  देशमा अहिलेसम्म यस प्रकारको अध्ययन भएको पनि छैन । संसारको सबैभन्दा ठूलो सहभागितामूलक प्रजातन्त्र (ीबचनभकत उबचतष्अष्उबतयचथ म्झयअचबअथ) भएको मानिने मुलुकले विकास गरेको, दशकौंदेखि परिक्षित र राजनीतिक दलबाट अनुमोदित प्रविधि र मेशिनलाई हाम्रो मुलुकका राजनीतिक सहमति प्राप्त गरी हुवहु प्रयोग गरिएको हो । तसर्थ हाम्रो निम्ति उपयुक्त मेशिनको पहिचानको लागि हाम्रो दीर्घकालिन उद्देश्य र लक्ष्य के हुन् ? के अब हामी कागजको मतपत्र र मतपेटिका प्रयोग गरिने परम्परागत मतदान प्रणालीको सट्टा पूर्णरुपमा विद्युुतीय मतदान प्रणालीमा सिफ्ट हुने  हो ? वा अझै परीक्षणकै रुपमा लागुु गर्ने हो ? यो स्पष्ट हुन आवश्यक छ । एउटा प्रणालीलाई पूर्णरुपमा प्रतिस्थापन गरी अर्को प्रणालीको अवलम्बन गर्न रहरभन्दा पनि दृढ इच्छाशक्ति र तदनुकुलको वातावरण अनिवार्य हुन्छ । यस्तै यसपूर्व प्रयोगमा ल्याईसकिएको भारतमा निर्मित विद्युतीय मतदान मेशिन नै प्रयोगमा ल्याउने हो वा अरु विकल्पबारे पनि अध्ययन, अनुसन्धान ,विश्लेषण गर्ने हो ? यसबारे पनि आयोग स्पष्ट भई राजनीतिक दल एवम् सरकारसँगको बृहत र सघन छलफल एवम् राजनीतिक सहमति प्राप्त गर्न आवश्यक हुन्छ । 
विद्युुतीय मतदानका लागि जुनसुकै प्रणाली वा मेशिनको छनोट गरे पनि ध्यान नदिई नहुने केही आधारभूत विषय छन् । पहिलो कुरा विद्युतीय मतदान प्रणाली र मेशिन पूर्णरुपमा मतदातामैत्री हुन अनिवार्य छ । ‘मतदाता सुहाउँदो प्रविधि’ निर्वाचन व्यवस्थापनको स्थापित सिद्धान्त नै हो । मतदाताले अरुको सहयोग बेगर मतदान गर्न सक्छन् कि सक्दैनन् ? मतदाताको गोप्य मतदानको अधिकार पूर्णरुपमा सुरक्षित हुन्छ कि हुँदैन ? मेशिनमा अभिलेख वा भण्डारण भएको तथ्याङ्क आन्तरिक र बाह्य दुवै दृष्टिले सम्पूर्णरुपमा सुरक्षित छ कि छैन ? नतिजामा शतप्रतिशत शुद्धता सुनिश्चित छ कि छैन ? यो प्रविधि सम्बन्धित विज्ञहरुबाट परीक्षण (ब्गमष्त) गराई कुनै आधिकारिक निकाय (राष्ट्रिय वा अन्तरराष्ट्रिय) बाट प्रमाणित भएको छ कि छैन ? यी सबै प्रश्नको सकारात्मक जवाफ नहुने प्रणाली र प्रविधि स्वीकार्य हुँदैन । अर्को प्रमुख पाटो लागतसँग सम्बन्धित छ । मुलुकले अवलम्बन गर्न लागेको प्रणाली दीर्घकालसम्म आफ्नै स्रोत साधन र क्षमताले धान्न सकिने खालको  र वातावरणमैत्री समेत हुनु अनिवार्य छ । अन्यथा यस्तो प्रणाली मुुलुकको हितमा हुँदैन । मुलुकको हित प्रतिकुल हुने प्रणालीले अन्ततः असफलता र निराशामात्रै बढाउँछ । 
माथि उल्लेख भइसकेको छ हाम्रै मुलुकका युवा राम र लक्ष्मण रिमाल नेतृत्वको राम लक्ष्मण इनोभेसन्सले विकास गरेको विद्युतीय मतदान मेशिन मुलुकका विभिन्न निकाय र राजनीतिक दलले प्रयोगमा ल्याएका छन् । यस सन्दर्भमा आयोगले विद्युुतीय मतदान मेशिनको प्रयोगबारे अध्ययन वा निर्णय गर्दा यो उपलब्धिलाई पनि ध्यान दिन आवश्यक छ । राम लक्ष्मण इनोभेसन्सले विमास गरेको प्रविधि खरिद गरी नेपाल सरकारको स्वामित्वमा उद्योग स्थापना गरेर स्वदेशमै मतदान मेशिन उत्पादन गर्न सकियो भने यो उपलव्धि मुलुकको सम्मृद्धिमा समेत कोशेढुंगा सावित हुनेछ । यो प्रथम विकल्प  हो । दोस्रो विकल्प भारत सरकारबाट पनि यस सम्बन्धी प्रविधि खरिद गरेर स्वदेशी उद्योगमै उत्पादन गर्न सकिन्छ कि ? यस सम्बन्धमा पनि सम्भाव्यता अध्ययन हुन आवश्यक छ । तेस्रो विकल्प भारतमा निर्मित मेशिन खरिद गरी प्रयोग गर्नु नै हो । यो मेशिन विश्वसनीय छ । परिक्षित छ । मतदातामैत्री छ । सुरक्षित छ । लागत प्रभावी र वातावरणमैत्री पनि छ । यसमा परनिर्भरता र मुलुकको स्रोत साधनको वहिर्गमन बाहेक अरु नकारात्मकता देखिदैन । यस बाहेक अरु उपलव्ध जुनसुकै विकल्पमा विस्तृत अध्ययन गरी उपयुक्त प्रणाली र मेशिन प्रयोगमा ल्याउन सकिने मार्ग सदा खुला रहेको छ । 

सन्दर्भ सामग्री
(क) प्रकाशन

निर्वाचन सम्बन्धी ऐन नियम सङ्ग्रह,निर्वाचन आयोग,२०६४

Eectronic Voting Machine Users Manual, Eection Commission Nepal, 2065

रणनीतिक योजना,२०६५, निर्वाचन आयोग, २०६५
अर्को संविधान सभा सदस्य निर्वाचन,२०७० तथा उपनिर्वाचन २०७१ को प्रतिवेदन, निर्वाचन आयोग, २०७२
संविधान सभा सदस्य निर्वाचन प्रतिवेदन २०६३–२०६६, निर्वाचन आयोग,२०६६
दोस्रो पञ्चवर्षीय रणनीतिक योजना,,निर्वाचन आयोग,२०७१
पन्ध्रौं योजना (२०७६/७७–२०८०/८१) आधार–पत्र, राष्ट्रिय योजना आयोग, २०७६

(ख) वेब साइट

www.eci.gov.in (Eection Commission of India)
www.ecb.bt (lEection Commission of Bhutan)
www.ecn.na (lEectoral Commission of Namibia)
www.aceproject.org (The lEectoral Knowledge Network)
निर्वाचन आयोगको स्मारिका,२०७६ मा प्रकाशित

No comments:

Post a Comment