श्रीकान्त अधिकारीको जीवनी र व्यक्तित्वमाथि प्रकाश पार्न उभिदा म अलमलिएको छु । प्रकाशपुञ्ज माथि मधुरो प्रकाश पार्ने धृष्टता गरेको आभाष भएको छ । यद्यपि हामी सबैका प्रिय अभिभावक, मार्गदर्शक, शैक्षिक, सामाजिक र राजनीतिक आन्दोलनका त्रिवेणी प्रातःस्मरणीय श्रीकान्त अधिकारीको जन्म दिववसको अवसर पारेर वहाँको स्मरणमा आयोजित यो पुण्यसभामा वहाँका प्रियजनका माझ उभिएर शब्द श्रद्धाञ्जली अर्पण गर्न पाउँदा आपूmलाई धन्य सम्झेको छु र यो अवसरका लागि कृत कृत छु ।
श्रीकान्त अधिकारीका पुर्खा र मेरा पुर्खा एकै आँगनमा हुर्किएका हुन् । समयक्रममा सन्तति फैैलिदै जाँदा हाम्रा आँगन पनि थपिदै गए । श्रीकान्त अधिकारी र म नाताले बाबु छोरा पर्ने भए पनि हामी फरक फरक आँगनमा हुर्कियौं । फरक आगनमा हुर्किएकै कारण सायद किशोर वयमा पुगेपछिमात्रै मैले वहाँलाई चिन्ने मौका पाएको हुँ । अझ सान्निध्य भने वहाँको जीवनको उत्तरार्धमा मात्रै बाक्लिएको हो । तर जति पटक वहाँसँग भेटें, जति समय वहांसँग विताउने मौका पाएँ सधै आत्मिय माया पाएँ । नेपालको समग्र राजनीतिक इतिहास, प्रजातान्त्रिक आन्दोलन, सामाजिक र शैक्षिक जागरणका विषयमा वहाँभित्र बगेको ज्ञान सरिताबाट सिञ्चित हुने मौका पाइरहें । तर मलाई अहिले पनि वहाँलाई राम्रोसँग चिन्न र बुझ्न पाइन भन्ने पछुतो लागिरहन्छ । र पनि मेरा यावत अग्रज बा, दाजुहरु जसले श्रीकान्तको सहचार्य मैलेभन्दा धेरै पायो वहाँहरुकै अगाडि उभिएर श्रीकान्तको जीवनी र व्यक्तित्व बारे प्रकाश पार्ने धृष्टता गर्दा ममा अलिकति संकोच लागेको छ । यहाँ उल्लेख गरेका कतिपय विषयहरु श्रीकान्त अधिकारी स्मृति ग्रन्थमा विद्वानहरुबाट व्यक्त तथ्यहरु र खास गरी आदरणीय विद्वान व्यक्तित्व नारायण प्रसाद अधिकारीबाट लिखित मूल आलेखबाट साभार गरेको छु । म वहाँप्रति अनुगृहित छु ।
वंशावली अनुसार दुराडाँडाका अधिकारीहरुको पैतृक थलो जुम्ला हो । त्यहाँबाट कालिकोट हुदै वि.सं. १५५० मा दुराडाँडा आइपुगेका हुन् । दुराडाँडा आउने पहिलो पुर्खा समन्त अधिकारी हुन् । यिनी लमजुङ राज्यका प्रथम शाहवंशीय राजा यशोव्रम्ह शाहको अभिभावक र प्रमुख भारदार बनेर आएका थिए । यीनै समन्तको पच्चिसौं पुस्तामा पर्ने पिता मु. हरिदास अधिकारी र माता इन्दूमायाको पुत्ररत्नका रुपमा वि.सं. १९८४ सालको आजकै दिन अर्थात जेठ १३ गते लमजुङ जिल्लाको दुराडाँडास्थित स्वाँरा गाउँमा श्रीकान्त अधिकारीको जन्म भएको हो । पिता हरिदासका दुईवटी पत्नीमध्ये श्रीकान्त आफ्नी आमा तर्फका एकलपुत्र हुन् । उनी भन्दा पहिला जन्मिएका दुई दाजुहरु पद्यनाथ र लक्ष्मीकान्तलाई बाल्य अवस्थामै त्यतिबेलाको असाध्य रोग बिफरले चुडेर लग्यो । बिफरले उनलाई पनि समात्यो । जीवनभर यसका केही खत बोक्नु परे पनि बीफरको क्रुर पञ्जाबाट भने उनी जोगिए । उनकी आमा तर्फ दिदीहरु टीका देवी र सुरथमाया अनि बहिनीहरु गङ्गा र गोमा गरी चारजना छोरीहरु जन्मिए । कान्छी आमा चुडामायाबाट भीष्मकान्त, चन्द्रकान्त, विष्णुकान्त र अरुणकान्त गरी चारजना छोरा र प्रभा, विष्णुमाया र लक्ष्मी गरी तीनजना छोरीहरु भए । यसरी श्रीकान्त अधिकारी पिता, दुईजना आमाहरु अनि १२ जना दाजुभाई दिदी बहिनी, सहितको फराकिलो वातावरणमा जन्मे, हुर्किएका हुन् ।
श्रीकान्तको बाल्यजीवन स्वाभाविक रुपमा दुराडाँडा स्वाँराकै सेरोफेरोका खेत, पाखो, बन पखेरा चहारेर नै वित्यो । गृहस्थ ब्राम्हण परिवारमा जन्मेकाले स्वभावतः श्रीकान्तले पनि खेतीपाती, बस्तुभाउको स्याहार सम्भारमा परिवारलाई सघाए । त्यहीका साथी संगातिसँग रमाए । नौ वर्षको उमेरमा उनको ब्रतबन्ध भयो । एघार वर्षको उमेरमा भागीरथी घिमिरेसँग पहिलो विवाह भयो ।
शिक्षा दिक्षा
श्रीकान्तको जन्म भएकै वर्ष स्वाँराको धुवाउने ठाँटीमा यिनकै माहिला बुवा पं.कोमलनाथको सक्रियतामा भाषा पाठशाला खुलेको थियो । वि.सं. १९७२ सालमा बनारसको क्वीन्स कलेजबाट आचार्य पास गरेका कोमलनाथ अधिकारी कूलकै कूलरत्न थिए । कोमलनाथकै विद्वत प्रतिभाका प्रभावले दुराडाँडेमा शिक्षाको अपरिमित भोक जागेको थियो । श्रीकान्तको प्राथमिक शिक्षा यही भाषा पाठशालामा भयो । तर उनलाई अक्षरारम्भ गराउने व्यक्ति भने मा. रामदत्त अधिकारी हुन् । त्यतिबेला बर्मामा बस्ने रामदत्त नाताले दाजु पर्थे । रामदत्तमा केटाकेटीलाई अक्षर सिकाउने अद्भूत कला थियो रे । दुराडाँडाको शैक्षिक उन्नयनमा पं. टीकाराम पौडेलको नाम लिइएन भने अपूर्ण हुन्छ । हामी विद्वान प्रति कृतघ्न ठहरिन्छौं । षडशास्त्री टिकाराम गुरु ततत्कालिन स्याङ्जा जिल्लाको साम्मी भन्ने ठाउँका हुन । दुराडाँडाका साहु भवदत्त खनियाले आफ्ना सन्ततिको शिक्षा दिक्षाका लागि घरमै गुरु राखेर पठाउन टीकारामलाई दुराडाँडा लगेका थिए । गुरुको विद्वता घर पिंढीमा समित भएन । बरबोटमा पाठशाला खुल्यो । श्रीकान्तले पनि अमरकोश, लघुकौमुदी, सप्तसती चण्डी यहीं पढे । यसै ताका काठमाडौमा पढिरहेका दाजु नरकान्त अधिकारी जाडो विदामा घर गएका बेला भाई श्रीकान्तलाई काठमाडौमा पढाउन भनी लिएर आए । २००२ सालमा श्रीकान्त रानीपोखरी पाठशालामा भर्ना भई पढन थाले । थप अध्ययनका लागि २००४ सालमा बनारस गए र सम्पूर्ण मध्यमा पास गरी २००५ सालमा नेपाल फर्किए ।
बनारसबाट फर्किदा श्रीकान्तसँग सम्पूर्ण मध्यमाको प्रमाणपत्रमात्र थिएन उनले राजनीतिको भर्भराउँदो अग्नीपूञ्ज पनि साथै बोकेर फर्किएका थिए । बनारसमा कृष्णप्रसाद भट्राइको घरमा भान्से बसेकी दुराडाँडा टारीकी आफ्नै चेलीको माध्यमले श्रीकान्त कृष्ण प्रसाद भट्राईको सान्निध्यमा पुगे । चतुर श्रीकान्तका आँखा र हाउभाउ र वाचाल वुद्धि देख्ने वित्तिकै उनभिन्दा अझ चतुर कृष्णप्रसाद भट्राइले उनमा राजनीतिको चेत यति छिटै घुलिदिए कि श्रीकान्त तत्कालै छात्रसंघको सदस्य बने, नेपाली काँग्रेसको अधिवेशन सभामा सहभागी भए, बी.पी. कोइरालासँग चिनजान र सम्पर्क स्थापित भयो । लक्ष्मी प्रसाद देवकोटाका आजस्वी भाषण सुने, महात्मा गान्धीको अस्थीकलश विसर्जनमा सहभागी हुन बनारसबाट इलाहाबाद पुगे । श्रीकान्त वनारस पुगेको एक वर्षमै काँग्रेसका कार्यकर्ता बने र हृदयमा एक आदर्श प्रजातन्त्रबादी नेता, व्यवहारवादी समाज सुधारक र आदर्श र मूल्य मान्यताले ओतप्रोत शिक्षा पद्धतिको अभियन्ता बन्ने बीज बोकेर नेपाल फर्किए ।
नेपाल फर्किएपछि श्रीकान्तले ताहाचलमा सञ्चालित आधार शिक्षा तालिम लिए । यो तालिम लिएपछि आधार स्कूलमा शिक्षकको नियुक्ति पाइन्थ्यो । तालिम पश्चात उनी पोखरा गए । पोखराको बाटुलेचौरको आधार स्कूलमा पढाउन थाले । त्यही स्कूलमा पोखराका जल्दा वल्दा युवक पं. मुक्तिनाथ तिमिल्सिना पनि पढाउँथे । पं. मुक्तिनाथसँग श्रीकान्तको दोस्ती कसियो । किताव पढाउने बाहेक यी युवाले विद्यार्थीहरुमा राजनीतिक चेतपनि भर्न थाले । आफ्ना क्रान्तिकारी मित्रमण्डली थप्दै काँग्रेसको संगठन विस्तार गरे । पं. मुक्तिनाथ शर्मा, दयाशंकर पालिखे, प्रेमराज मुल्मी, अमृत प्रसाद शेरचन, ऋषिकेशव पराजुली, भोजराज सुवेदी, मथुरालाल श्रेष्ठ आदि उनका प्रमुख मित्र थिए ।
हलोक्रान्ती र श्रीकान्त
२००६ साल साउनमा दुराडाँडाका २७ जना व्रम्हणले हलो जोतेको घटनालाई नेपालको सामाजिक इतिहासमा हलोक्रान्तीका नामले चिनिन्छ । शिक्षाको दियो बलिसकेको र राजनीतिक चेतको बीजारोपण भइसकेको दुराडाँडामा सामाजिक, साँस्कृतिक र राजनीतिक चेतलाई बुलन्द पार्न वि.सं. २००३ सालमा महाभारत लगाइयो । प्रत्यक्ष रुपमा धार्मिक अनुष्ठा देखिए पनि परोक्ष रुपमा यी अनुष्ठानमा राजनीतिक र सामाजिक परिवर्तनको आवाज बुलन्द गर्ने अभिष्ट लुकेको हुन्थ्यो । किसान किसान बीचको जातीय विभेद हटाउने, समतामूलक समाज निर्माण गर्ने र रुढीवादी परम्परा तोडिई समाजमा नयाँ बैचारिक तरङ्ग पैदा गराउने अभिप्रायले बाहुनले हलो जोत्न धर्मशास्त्रले कतै निषेध नगरेको निचोड निकालियो र २००६ साल साउन ११ गते श्रीकान्त अधिकारी सहित २७ जना व्राम्हणले पं. तोयनाथ अधिकारीको अर्चल्यानी स्थित बाटेगरोमा हलो जोते । यसको राप तनहुँ, कास्की, गोरखा, धादिङ, स्याङजा, अर्घाखाँचीसम्म पर्यो । त्यहाँका व्राम्हणहरुले पनि अनौ समाते । हलो जोत्नको भात पानी हटक गरियो, तिनका छोरी, बुहारी, बहिनीहरुले सामाजिक अपमान व्यहोरे, राणा शासनले कारबाही गर्यो । तर ती युगपुरुषहरुले हारेनन् । समाज तिनैलाई पछ्याएर अघि बढी रह्यो । हलो जोतेको घटनाले समाज र सरकारमा बस्नेहरुलाई अर्कोवर्षसम्म पनि हल्लाइरह्यो । २००७ साल साउनमा पं. तोयनाथ अधिकरी, ले. शेषकान्त र श्रीकान्तलाई पक्राउ गरियो । कुन्छा हुँदै पोखरा पुर्याएर नालामुखमा जेल हलियो । तीनै जना बिना पूर्जी हामीलाई किन जेल हालियो भनेर अनशन बसे । फलतः तीनैजना घण्टामै जेलमुक्त भए ।
२००७ सालको क्रान्ती
२००७ साल कार्तिकमा राजा त्रिभुवन सपरिवार दरवार छोडेर दिल्ली पुगेपछि नेपालमा राणा विरोधी क्रान्ती चर्कियो । प्रशासनको धरपकड तीव्र भयो । २००७ साल मंसिरमा श्रकिान्त अधिकारी पढाइरहेको विद्यालयबाटै गिरफ्तार भए । राजकाज मुद्दा लगाएर सर्वश्व सहित १८ वर्षको जेल सजाय तोकियो । नेल ठोकीयो । उनको गिरफ्तारीपछि समर्थकहरुले जुलुस निकाले । पुष २५ गते श्रीकान्तका भाञ्जा जगन्नाथ सिग्देलको नेतृत्वमा करीब १५ ÷१६ हजारको संख्याको जुलुस निस्क्यो र उनलाई बन्दी बनाएको पोखरा ब्यारेक कब्जा गर्यो । श्रीकान्तलाई जुलुसले नै जेलमुक्त गर्यो । १८ वर्षको लागि जेल परेका श्रीकान्त ३६ दिनमा मुक्त भए । श्रीकान्तले जुलुसलाई ओजस्वी संवोधन गरे । श्रीकान्तको भाषणपछि जुलुसले बडाहाकीम धनशम्सेरलाई घेर्न गयो र अड्डाबाट थुतेर बाहिर ल्यायो । उनले आत्म समर्पण गरे । भोलीपल्ट जनसरकार घोषणाको कार्यक्रम थियो । तर रातभरीमा अग्राख पलायो । बडाहाकिम र तिनका समर्थक जुटे । पोखरामा प्रतिक्रान्ती भयो । क्रान्तिकारीहरुको योजना अनुरुप जनसरकार गठन हुन सकेन । श्रीकान्त यो घटनापछि लमजुङ फर्किए र लमजुङ कब्जाको योजनामा लागे । डिठ्ठा श्रीप्रसाद, नरेन्द्रजंग गुरुङ, शेर जंग, डिल्लिजंग, मुनिन्द्रजंग, गञ्जसिंह गुरुङ , पं तोगनाथ अधिकारी, भिष्मकान्त अधिकारी आदिलाई संगठित गरी कुन्छा सदरमुकाम कब्जा गरियो ।
२००७ सालको राजनीतिक क्रान्ती सफल भएसँगै श्रीकान्त शैक्षिक र सामाजिक क्रान्तिमा होमिए । लमजुङको विकास योजनाबारे छलफल गर्न गाउँशहरमा जिल्लाका २१ मौजाको भेला बोलाइयो । प्रत्येक मौजाको विकासका लागि टोली बने । सबैभन्दा पहिला शिक्षाकै विकास हुनुपर्ने निचोडमा पुगे प्रतिनिधिहरु । यसै सन्दर्भमा २००८ सालमा दुराडाँडा क्षेत्रमा १२ वटा प्राइमरी स्कूल स्थापना गरिए । पं. तोयनाथ अधिकारीले यी सबै स्कूलको नाम सबाट जुराउनु भयो । यो भन्दा माथिल्लो हिक्षाका लागि २००९ साल कार्तिक २० गते सर्वोदय मिडिल स्कूलको स्थापना गरियो । यसकालागि मु. हरिभक्त पौडेल लगायतका पौडेल परिवाट भूमिदान भयो । स्थानीय र वरपरका गाउँ गाउँबाट चन्दा संकलन गरियो । सर्वोदय मिडिल स्कूल हाइस्कूल बन्यो । अहिले यो विद्यालय उच्च मा.वि. भएको र यसकै नाममा स्नातक तहसम्मको पढाइ सञ्चालन हुने गरी सर्वोदय क्याम्पस समेत सञ्चालनमा छ ।यसैताका २००९ सालमा पश्चिमाञ्चल स्तरीय राजनीतिक सम्मेलन र २०१० सालमा शिक्षा सम्मेलन भयो । धेरै महत्वपूर्ण निर्णयहरु भए । सुझावहरु सरकारलाई सिफारिस गरियो । ती सिफारिस आजपर्यन्त उत्तिकै सान्दर्भिक छन् ।
श्रीकान्तले संस्कृत शिक्षा र संस्कृतिको जगेर्नाको लागि दुराडाँँडाकै किर्तिपुरमा २०२६ साल मंसिरमा पाणिनी संस्कृत मा.वि. र गुरुकुल आश्रम स्थापना गर्नुभयो । संस्कृतिको जगेनौका लागि नित्य पूराण बाचन, गोशाला सञ्चालन, उद्यान, पुस्तकालय आदिको सञ्चालन व्यवस्था मिलाउनु भयो । अपेक्षित रुपमा जिउँदो जाग्दो हुन नसकेको भएपनि पाणिनी र त्यस वरपरका विकास गतिविधिहरु उकालो लागिरहेकै छन् । मानिसहरु सुकर्ममा जुटिरहेका छन् ।
श्रीकान्तले लमजुङमात्र नभई आपूmले दिन विताएका अन्यत्र पनि शिक्षाको उज्यालो बाल्नु भएको छ । पोखरा पचभैया क्षेत्रमा केही समय बस्दा त्यहाँ पनि शिक्षाको दीप बाले । अमरसिद्ध उ.मा.वि. र लक्ष्मी आदर्श मा.वि. श्रीकान्तले त्यो क्षेत्रमा बालेका शिक्षा दीपक हुन । त्यसै गरी सुदुरपश्चिम क्षेत्रमा पनि शिक्षाको दीयो बाल्न उनले अमूल्य योगदान गरेका छन् ।
श्री कान्त र राजनीति
श्रीकान्तले २००८ देखि २०१४ सालसम्म आफ्नो जन्म थलोमा बसेर यसको चौतर्फी उन्नयनमा लागिपरे । २०१५ सालको पहिलो संसदीय निर्वाचनमा लमजुङको क्षेत्र नं. १ बाट सासदको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भई १०,१०६ मत ल्याई ४४४८ मतको अन्तरले विजयी भए । संसदमा एक प्रखर साँसदको भूमिका निर्वाह गरे । उनमा नयाँ नयाँ बिचार राखेर तरङ् पैदा गराउने क्षमता थियो । नेपालको वैकल्पिक राजधानी पोखरा बनाउनु पर्ने भनी उनले राखेको प्रस्तावले उतिवला यस्तै तरङ्ग पैदा गरेको थियो । २०१७ सालमा राजा महेन्द्रले संसद विघटन गरे । काँग्रेुका नेताहरु गिरफ्तार भए । श्रीकान्त अधिकारी पनि खुला रुपमा हिडडूल गर्न गारो हुने अवस्थामा परे । के गर्ने कसो गर्ने असमञ्जस भए । श्रीकान्तले जुन संविधान शिरमा रखेर शपथ खाएको हो त्यही संविधान अनुरुपको कदमको विरोध गर्न नैतिकताले दिएन तर शाही घोषणामा काँग्रेरा विरुद्ध जुन आरोप अंकित गरी काँग्रेसको उछित्तो काढिएको छ तयसले मुलुकको विकास हुँदैन भन्ने मध्यमार्गी बक्तव्य प्रकाशित गरे । उनी गिरफ्तारमा परेनन् । उनी लमजुङ गए । २०१७ सालको फागुनमा सुवर्ण संसेरको पत्र आयो । यो संगै सुदुरपश्चिमको दौडाहा टोलीको हाकीम बनाइएको चिठी आयो । श्रकिान्त दोधारमा परे । उनले व्यवस्थाभित्रै बसेर संघर्षगर्ने बाटो रोजे । उनी सुदुरपश्चिम गए । उनको सोच र रगतमा शिक्षा र समाज सुधारकै बीज छदै थियो । उनले यसैलाई छर्दैै हिंडे । धेरै सुधार गरे । जाली फटाहा तह लगाए । उनलाई कतिपय सुदुर पश्चिमेलीले अहिले पनि स्मरण गर्छन भन्ने सुनेको छु ।
श्रीकान्त दौडाहाबाट फर्किए र जिल्लाको राजनीतिमा सक्रिय भए । आमाको सेवा गरेर घरमै बसे । २०१९ फागुनमा शान्ति सुरक्षाको कारण देखाइ गिरफ्तार गरियो । २०२० साउनमा उनी मुक्त भए । पछि जिल्ला विकास समितिको सभापति भए । सभापतिको कार्यकाल पूरा गरेपछि उनी पोखराको पचभैयामा बस्न थाले ।
श्रीकान्तको साहित्कि व्यक्तित्व
श्रीकान्त अधिकारी उच्च काव्य चेत भएका साहित्यिक व्यक्तित्व हुनुहुन्थ्यो । कैयौ फूटकर कविता, असंख्य लेखहरु प्रकाशित भएका छन् । यी लेख मुलुकको समसाययिक राजनीति र सामाजिक उन्नयनसँग सम्बनिधत छन् । धर्मपत्नी गायत्री अधिकारीको प्रकाशत्वमा दुइ वटा रुपक प्रकाशित छन् । वहाँका शास्त्रिय छन्दमा लेखिएका तीनदर्जन कविता अहिले पनि अप्रकाशित रुपमै रहेका छन् ।
पारिवारिक जीवन
मैले माथि नै उल्लेख गरको छु श्रीकान्त पहिलो विबाह ११ वर्षको उमेरमा भयो । २०१७ साल मंसिरमा गायत्री अर्यालसँग अर्को विवाह भयो । त्यतिबेलाको सामाजिक परिवेश नै त्यस्तै थियो । जेठी श्रीमतीबाट जन्मेका तीन सन्तान अकालमै गुमाएपछि आमाको आग्रहमा दोस्रो विकाह भएको थियो । जेठी पत्नी भागिरथी र कान्छी पत्नी गायत्रीको समग्र बलिदान र समर्पणले श्रीकान्तको व्यक्तिव्त निर्माणमा योगदान पुर्याएका छन् । श्रीकान्त भागिरथी र गायत्रीका तीन छोरीहरु बिमला, सवला र प्रभा छन् । उनीहरु आफ्ना बाबु आमाका सुकर्म पछ्याइरहेका छन् ।
उत्तराद्र्ध
श्रीकान्त मुलुकको मूलधारको राजनीतिबाट अलग्गिए पनि राजनीति बाट कहिल्यै अल िबस्नु भएन । संझाइ रहनु भयो । घच्घच्याइ रहनु भयो । प्रजातन्त्रको सम्बद्र्धनमा लागिरहनु भयो । आफैले खोलेका विद्यालयको उन्नयनमा समर्पित भइरहनु भयो । सर्वोदय मा.वि. को हिरक जयन्तीको अवसरमा सारा दुराडाँडाबासीले वहाँप्रति उच्च सम्मान प्रकट गरी रथारोहण गराए । अभिनन्नदन गरे । आफ्ना प्रिय र आदरणीय अभिभावकका गाथा गाए । तर दैवले अन्नतः २०६९ सालको भाइ टीकाको दिन वहाँलाई हामीबाट खोस्यो ।
श्रीकान्तको पार्थिव देह हाम्रो माझमा छैन तर वहाँ हाम्रै मभफमा हुनुहुन्छ । हाम्रो संस्कारमा हुनुहुन्छ । हामीले आर्जन गरेको विद्या र विवेकमा हुनुहुन्छ । वहाँ गुण र दोषको संसारिक जञ्जालबाछ मुक्त हुनुभएको छ । वहाँका गुणमात्र छन् यहाँ । दोषहरु बिलाएर गएका छन् । हामी गुणग्राहीहरु केवल वहाँका गुणमात्र ग्रहण गरिरहेका छौं । श्रीकान्त अमर रहुन । धन्यवाद ।
No comments:
Post a Comment