Tuesday, July 21, 2015

श्रीलंका भ्रमणका अनुभूतिहरु


    

बाहिर झमझम पानी परिरहको छ । म बसेको होटलको भुँईतले कोठामा मुश्किलले थोरै उज्यालो पसेको छ । हुर्कदै गरेका नरिवलका बोट, असारे पूmलका पोथ्रा र बेगम वेलीका लहरा अनि गोलैंची ९चुवा पूmल) का होचा रुखहरुले छपक्क छोपिए झै छ यो होटल । उसै पनि उति उज्यालो नपस्ने यो कोठामा बाहिर पानी परिरहदा अध्यारो अझ थपिएको छ । भ्mयालमा हल्लिरहेको रेशमी पर्दा पन्छाएर बाहिर हेरें । एकैछिन अघिसम्म ढकमक्क देखिएका गोलैंचीका बोटबाट आधाजसो पूmलहरु झरिसकेछन् । जिजीविषा नमर्दै हुरी र पानीले बलात् खसालेका ती निर्धा पूmलका पत्रदलहरु भुई मै पनि फर्फराइरहेका थिए, बिचरा ! करीव आधा घण्टामै पानी पर्न वन्द भयो । भू–मध्य रेखा नजिकको उष्ण मौसमी क्षेत्रमा अक्सर दिउँसो दुई, तीन बजे तिर दर्कने पानी पर्ने र एकैछिनमा चर्को घाम लाग्ने क्रम चलिरहँदो रहेछ । बाहिर घाम लागेपछि बगैंचामा निस्किएं । ठाउँ ठाउँमा राखिएका कफी टेवलहरु फाट्ट फुट्ट पाहुनाहरुले भरिन थालेका थिए । 

समुद्र किनारको सुविधा सम्पन्न होटल क्लब पाल्म बेमा एशियन पाहुना हामी तीन जना मात्र छौं, म, वंगलादेशी मित्र कासीम र सुरक्षाकर्मी सेनारत्ने । बाँकी सवै  पश्चिमी पर्यटक हुन् । जिन्दगीको भागदौड र कित्रिमताबाट दिक्क पश्चिमेलीहरु सायद हाम्रो सरल जीवन पद्धति र प्रकृतिसँगको सामिप्यताबाट लोभिएरै यता आउँछन् । हाम्रा संस्कृति, संस्कार र सम्पदालाई समुचित व्यवस्थापन गरेर पयर्टन बजारको प्रवद्र्धन गर्न अझ धेरै बाँकी छ । तर पनि असंख्य पश्चिमेली पर्यटकका आकर्षक गन्तव्यस्थलमा हामी एशियालीहरुकाृे पहिचान कमजोर छैन । श्रीलंकाको सन्दर्भमा ,सडक सुविधाको राम्रो सञ्जाल, आकर्षक चिया वगान र शान्त समुद्री किनारका कारण    यो द्विप पर्यटकहरुको रोजाइ बन्दै आएको छ । भगवान् बुद्धको दाँत रहेको केण्डी र त्रिपिटक लेखिएको थलो ‘माताले’ बुद्धमार्गीका लागि विशेष पवित्र भूमी र अरुका लागि थप कौतुकमय स्थल बनेका छन् । श्रीलंकाको समग्र आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान उल्लेखनीय रहेको छ । वर्तमानमा कायम युद्ध विरामले पर्यटकको संख्या ह्वात्तै बढाइदिएकोमा पर्यटन व्यवसायीहरु खुशी छन् ।

घाम मलिन हुँदै गएपछि हामी तीन जना समुद्र किनारतिर डुल्न निस्कियौं । श्रीलंका आएपछि साँझपख समुद्र किनारमा टहलिनु दिनचर्या नै बनेको छ । कोलम्वो छँदा होटल गालादारीदेखि गलेरोड सम्मको करीव एक कि.मी. बाटोमा नटहलिएको दिन खल्लो लाग्न थालिसकेको थियो । समुन्द्र किनाराका पेटी र वेञ्चहरुमा पचासौं जोडीहरु एउटा सानो छाताले अनुहार छोपेर परेवाका जोडी झै प्रिति साटिरहेका भेटिन्थे । माया साट्नु नौलो कुरा थिएन, तर के यति उदार छ श्रीलंका ! हामी एक आपसमा प्रश्न गथ्र्यौ र उत्तर पनि आफै अनुमान गथ्र्यौ, “होला, फ्रेन्च, डच र बेलायतीहरुले विरासतमा छोडेका संस्कार मध्ये यो पनि त एउटा हुन सक्छ” । तर यो किनार त्यस्तो थिएन । कोलम्वोबाट झण्डै साठी कि.मि. उत्तर पुत्तलम जिल्लाको अनुराधापुरम शान्त, सफा र शालीन थियो ।सयौ पर्यटकहरु र केही स्थानीय युवा युवतिहरु वालुवामा पल्टेर अस्ताउँदो घाम तापिरहेका थिए । समुद्रका अग्ला छाल आपूmतिर आउँदा तिनीहरु चिच्याउँदै आँखा चिम्लेर त्यसको प्रतीक्षा गर्थे र छाल फर्केपछि एक अर्कालाई हेरेर विस्तारै मस्किन्थे । हामी भने किनारमा उभिएर सूर्यास्तको प्रतीक्षा गरिरहेका थियौं । कासिम र सेनारत्नेलाई समुद्रमा देखिने सूर्यास्तको दृश्य नौलो थिएन तर मेरो उत्सुकतालाई साथ दिदै यसका छटा बारे निकै तारिफ गरिरहेका थिए । मैले पनि उनीहरुलाई सूर्योदय र सूर्यास्तका बेला देखिने लोभलाग्दो हिमाली लालिमाको वर्णन गरिदिएँ । “अक्टोवरदेखि फेब्रुअरी महिनासम्म त घाम उदाउने र अस्ताउने बेलाको हिमाल सुनै सुनको मूर्तीमा अवीर छर्के जस्तो देखिन्छ । जव कहिले काँही त्यतिवेलै स–सानो हिम पहिरो खस्छ ती उप्किएका हिउँका ढिकाहरु यस्ता लाग्छन् मानौं झल्झलाकार सुनौला भकुण्डाहरु गुड्दै तल झरिरहेका छन् ........” । मैले यसो भनिरहँदा उनीहरु मूर्तीवत उभिएर मेरो अनुहारमा विस्फारित आँखाहरुले हेर्दै थिए । मैले मन मनै भने “....... पूmर्ती गर्छौ समुद्रको .......!” ।  तर, जव सूर्यको तल्लो छेउले क्षितिजमा पानी छोयो त्यो वेला समुद्रमा देखिएको दृश्य अत्यन्त रोमाञ्चक थियो । सूर्य पानीमा तैरिरहेको अजंगको रातो बेलुन जस्तो देखिएको थियो र सुनौला किरणहरु पानीको लहरसँग दौड्दै आँपूmसम्म आइपुगेका थिए र समुद्र दीपदानपछि करोडौं दीप सहित बगिरहेको नदी जस्तो देखिएको थियो । मलाई कासीम र सेनारत्नेले गरेको तारिफ कत्ति पनि अर्घेलो लागेन । आखिर मैले पनि त हिमालबारे के अर्घेलो बोलेको छु र ........ । 
सूर्यास्तपछि हामी होटल फर्कियौं । कासीम प्रार्थना गर्न आफ्नो कोठातिर गयो । उसले प्रार्थना गर्दा लगाउने जालीदार टोपी, ओछ्याउने सानो गलैंचा र कुरान सँगै बोकेर ल्याएको छ । ऊ भित्र रहेको धर्म प्रतिको यस्तो तीव्र अनुराग र पूरा गर्नुपर्ने जटिलता देखेर अचम्म लाग्यो । कति सरल छ हाम्रो धर्म ! अरु केही गर्न सकिएन भने केवल सूर्यनमस्कारले मात्रै पनि त्यो दिनको धर्मअनुष्ठान पूरा हुन्छ हाम्रोमा । तर ऊ सात समुद्र पारी गए पनि सधैं कुम्लो बोकेर हिड्छ बिचरा !  अरु धर्म प्रति पनि उति सहिष्णु पाईन मैले उसलाइ । सायद व्यक्तिगत स्वभाव होला । 

एकतिस मार्चमा निर्वाचन पूर्वको पर्यवेक्षण सकेर पुत्तलमबाट कोलम्वो फर्कदा सेनारत्नेले बाटोमा पर्ने हिन्दू देवी कालियाँ माँकाृे मन्दिर जान इच्छुक हुनुहुन्छ भने पु¥याइदिन्छु भन्यो । मैले हुन्छ जाउँ भनें । मन्दिरको परिसर बाहिरै जुत्ता, मोजा, पेटी खोलेर, हात गोडा धोएपछि मात्रै प्रवेश गर्न पाइने रहेछ । लामो सत्तल सहितको प्यागोडा शैलीमा निर्मित उक्त मन्दिरमा महाकाली, शिव, गणेश, राधाकृष्ण, र सरस्वतीका आकर्षक मूर्तीहरु रहेछन् । बुद्धमार्गी सेनारत्ने र मैले सँग सँगै यी देव देवीका दर्शन ग¥यौंं । कासिम भने परिसर बाहिरै टोलाएर बसिरह्यो । श्रीलंकामा पनि बौद्धमार्गी र हिन्दूहरु एक अर्काका धार्मिक तीर्थस्थलमा दर्शनार्थ भक्तिपूर्वक जाने परम्परा रहेछ । तर हिन्दू धर्मावलम्वी तामिलहरुको विद्रोह खेपिरहेका त्यहाँका बुद्धमार्गीहरुका अन्तरमनमा कता कता हिन्दू प्रति उति सारो सद्भाव रहेको भने पाईन । म जहाँ गएपनि केहीवेरको कुराकानीपछि प्रायजसो बुद्धमार्गी श्रीलंकनहरु ‘तपाई वुद्धिष्ट हो?’ भनेर सोध्थे र्। म हिन्दू हुँ भन्ने मेरो उत्तरपछिें उनीहरुको अनुहारबाट म प्रतिको उत्सुकता विस्तारै हराउँदै गएको प्रष्टै बुझिन्थ्यो । 

मार्च बीस मा कोलम्वो टेकेदेखि आ–आफ्नो कार्यक्षेत्रमा नखटिउञ्जेलका दश दिन कति छिटो दौडिए पत्तै भएन । तर फिल्डमा खटिएपछिको समय सायद सवैलाई नियास्रो लागेको छ । ऐश आराम मिलेपनि मन मिलेका साथीसंगीको सामिप्यता बेगर ती सबै फिका लाग्दा रहेछन् । कोलम्वो छउञ्जेल त्यहाँ एक प्रकारको छुट्टै रौनक थियो । कहिले सोझै र कहिले व्यञ्जनार्थी शब्दमा आपसमा गरिने विनोदपूर्ण ठट्टाले मनलाई हल्कापूmल्का बनाइ रहन्थे । अप्रिल २, २००४ मा सम्पन्न हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट गएका हामी पच्चिस जनाको ठूलो समूहमा पच्चीसै थरी आदत, व्यवहार खुवी र स्वभावहरुको बहुरंगी पुञ्जले समय नियास्रो हुन दिएको थिएन ।मुख्यत. आपूmले पूरा गर्नु पर्ने जिम्मेवारीसँग गाँसिएका यावत व्यस्तताहरु त छँदै थिए । निर्वाचन पर्यवेक्षणको अतिरिक्त त्यहाँको निर्वाचन प्रणाली र प्रकृया एवं हाम्रो प्रणाली र प्रकृयाका बारेको तुलनात्मक अध्ययन पनि हाम्रा जिम्मेवारी र पदीय दायित्व भित्रकै विषयवस्तु थिए । कोलम्वो बसाइको हाम्रो अधिकांश समय निर्वाचनसँग सम्बन्धित सैद्धान्तिक र कानूनी विषयको अध्ययनमा र फिल्डको समय व्यवहारिक पक्षको अवलोकनमै बित्यो । 

श्रीलंकामा पाएको आतिथ्य हाम्रा निम्ति विशेष र स्मरणीय छ । दुइ देशका निर्वाचन आयोगवीच कायम रहेको हार्दीकता नै सायद यसको मूल कारण हो । २० मार्चमा थाइ एअरवेजको विमानबाट भण्डारानायके विमानस्थलमा उत्रदा हाम्रो स्वागतका लागि त्यहाका शिष्टाचार सहचारी र सुरक्षा अधिकारीहरुको उपस्थिति थियो । राष्ट्रको तर्फबाट उपलब्ध गराइएको तारे होटलको बसाइमा कहीँ कतै खोट थिएन । निर्वाचन आयोगको एउटा इकाइ नै त्यहीं खडा गरिएको थियो । हाम्रो औपचारिक कार्यक्रम २२ मार्चबाट मात्रै शुरु भयो । अन्तर्राष्ट्रिय पर्यवेक्षक समूह  का परामर्शदाता रसेल करप्पुबाट सामान्य ब्रिफिङ्गपछि संविधान, केही ऐन कानून र निर्वाचनको क्षेत्रमा कार्यरत त्यहाँको गैरसरकारी संस्था पीएएफफआरएएल (पेफरेल) पिपुल्स एक्सन फर फ्रि एण्ड फेयर इलेक्सनका केही प्रकाशनहरु अध्ययनार्थ उपलब्ध गराएपश्चात उक्तदिनको कार्यक्रम समाप्त भयोे। भोलिपल्ट विहान एघार बजे हामी  आयुक्तसँग भेट गर्न निर्वाचन आयोग गयौं । प्रायः हामीसबै राष्ट्रिय पोशाकमा थियौं । यस्तो लाग्थ्यो हाम्रो राष्ट्रिय पोशाकले सबैको ध्यान हामीतीरै तानिरहेको छ र सँगसँगै हाम्रो आफ्नै व्यक्तित्वलाई पनि उँचो पारिरहेको छ । विदेशी भूमिमा देखाइने राष्ट्रिय पहिचान वास्तवमै गर्व गर्न लायक हुँदोरहेछ । निर्वाचन आयुक्त दयानन्द दिशानायकेले अत्यन्त हार्दिकता पूर्वक स्वागत गर्दैै निर्वाचनको तयारी, विगतका अनुभवबाट यस पटक गरिएका सुधार र निर्वाचन कानून एवं आचार संहिता पालनाको स्थिति बारे वृहत जानकारी दिँदै सम्बोधन गर्नुभयो । सम्बोधन पश्चात हाम्रो टोलीका तर्फबाट कृतज्ञताका केही शब्द राखेपछि टोली नेता राजेन्द्र सुवेदीले केही उपहार टक्र्याउनुभयो । सबैले आ–आफ्नो ठाउँबाट उभिएर शिष्टतापूर्वक परिचय टक्र्यायौं । यसपछि निर्वाचन आयुक्त आफैं हामी छेउ आई प्रत्येकसँग हात मिलाउँदै हार्दिकता प्रकट गर्नु भयो । वहाँको छोराले नेपाली केटी विवाह गरेका रहेछन् । सम्वोधनका क्रममा उहाँले यो सम्बन्ध समेत झल्किने गरी नेपालसँग आफ्नो छुट्टै नाता रहेको र वंश परम्परासँगै यो अझ पैmलिदै जाने अपेक्षा आँपूmले राखेको बताएर हामी प्रति अझ गाढा हार्दीकता प्रकट गर्नु भएको थियो । यस्तो लाग्थ्यो नेपाली चेलीले वहाँका मनमा पारेको सुसंस्कृत व्यवहारको छाप अहिले हामी उपर पनि प्रतिविम्वित भइरहेको छ । दिउँसो प्रहरी महानिरीक्षकसँग भेटघाट भयो । त्यहाँ हामीलाई निर्वाचनको तयारीका लागि गरिएको सुरक्षा व्यवस्था बारे जानकारी गराइयो । हामीले श्रीलंकाको सुरक्षास्थितिबारे जे जस्तो अनुमान गथ्र्योैै वास्तवमा त्यस्तो जटिलता केही देखिएन । निर्वाचनको दिनमा अपवाद बाहेक एउटा मतदान केन्द्रमा केवल दुई जना सुरक्षाकर्मीको उपस्थितिमा निर्विघ्न सञ्चालन भइरहेको निर्वाचन देख्दा श्रीलंकाली समाजमा पनि हिंसा र भय छ भन्ने विश्वासै हुँदैनथ्यो ।सवै पक्षबाट जिम्मेवारीपूर्वक पालन भएको निर्वाचन आचार संहिताले चुनाव एउटा शालीन धार्मीक पर्वझेै सञ्चालित थियो ।

श्रीलंकामा सम्वद्ध सवै पक्ष निर्वाचन आचार संहिताको पालनामा तुलनात्मक रुपले बढी सफल देखिन्छन् । निर्वाचनको समयमा सञ्चार र गृहप्रशासन निर्वाचन आयुक्तको निर्देशनमा सञ्चालन हुने कानूनी व्यवस्थाले निर्वाचनमा सरकारी स्रोत साधनको दुरुपयोगलाई धेरै हद सम्म नियन्त्रण गर्न सकेको पाइयो । करीव शत प्रतिशत (९३%) जनता साक्षर भएबाट समाज स्वतः नागरिक चेतनाको दृष्टिले अनुकरणीय छ । अनुशाशित ढंगको प्रचार प्रसार, मतदातामा अरुका व्यवहार प्रति अनावश्यक चासो नराख्ने प्रवृत्तिका कारण आचारसंहिता पालनाको स्तर उच्च छ । 

श्रीलंकाली समाजले मुख्यतः उच्च धार्मिक परम्परा र संस्कृतिलाई सदाचार पूर्वक अंगालेर सुशासनका निम्ति ‘दशराजाधम्म’ (सामाजिक रुपमा पालना गर्नुपर्ने दश सुत्रहरु० बमोजिमका पवित्र आचरणको पालना गर्नुलाई त्यहाँको सामाजिक आचारसंहिताको रुपमा व्याख्या र ग्रहण गरेको छ ।फलत निर्वाचन आचार संहिताको पालना तुलनात्मक दृष्टिले उत्तम र अनुकरणीय छ । हुन त यसो हुनुको मुख्य कारण तामिल विद्रोही र सरकारवीचको युद्धविराम नै हो, तैपनि हामी कहाँ जस्तो चुनावका वखत हुने उत्तेजना र प्रतिशोध त्यहाँ कतै देखिएन । समष्टिमा, निर्वाचनमा सहभागी रहने राजनीतिक दल, मतदाता, नागरिक समाज र त्यसको व्यवस्थापन गर्ने राष्ट्रसेवक सवैमा आ–आफ्नो कर्तव्य प्रति जुन स्तरको वफादारिता हुन्छ निर्वाचन कार्य सोही स्तरमा सम्पन्न हुन्छ । दक्षिण एशियाली मुलुकहरुमा सम्पन्न हुने निर्वाचनहरु धेर–थोर शंशयको घेरामा पर्दै आएका छन् । ‘सत्ताको दुरुपयोग’ यी राष्ट्रहरुमा रहेको मूल समस्या हो । यद्यपि श्रीलंकामा केही पृथक संस्कारहरु पाइए । सापेक्षिक रुपमा सचेत मतदाता, भौगोलिक सुगमता, तटस्थ प्रशासन आदिका कारण त्यहाँको निर्वाचन स्वच्छ ढंगले सम्पन्न भएको पाइयो । 

मार्च २५ का दिन हामीलाई केण्डी भ्रमणमा लगिएको थियो । श्रीलंकाको करीव मध्य भागमा रहेको यो पहाडी जिल्ला त्यहाँको सबैभन्दा सुन्दर भूमी रहेछ, पहाडकी रानी । भगवान बुद्धको दाँत रहेको मन्दिरका कारण समेत संसार प्रसिद्ध केण्डी जति बेला छुट्टै राज्य थियो निकै शक्तिशाली रहेछ, हाम्रा पाल्पा र तनहुँ जस्तैे । वे्रकफाष्टपछि हामीलाई लिएर चारवटा माइक्रो भ्यानहरु केण्डीतर्फ लागे । बाटोमा जताततै नरिवलको जंगल, चिटिक्क परेका साना घरहरु, फाँटहरु र माकुराको जालो जस्ता पक्की बाटाहरु अत्यन्त चित्ताकर्षक थिए । कोलम्वोबाट २२७ कि.मि. टाढा रहेको केण्डी पुग्न हामीलाई चार घण्टा जति लाग्यो । त्यहाँ पुगेर सबैभन्दा पहिला हामी भगवान बुद्धका दाँत रहेको मन्दिरमा गयौं । वास्तवमा यो मन्दिर उतिबेलाको राजप्रासाद रहेछ । केण्डीका राजकुमार सुदन्त र राजकुमारी हेमलता भारत तिर्थाटनमा जाँदा भगवान बुद्धको दाँत राजकुमारीले आफ्नो कपालको जुरोमा लुकाएर ल्याई त्यहाँ प्रतिस्थापित गराएकी रहिछन् । भगवान्को उक्त दाँत एउटा चाँदीको बट्टामा हालेर राखिएको छ । अहिले पनि बुद्धमार्गी राजा बाहेक अरुले उक्त दाँतको दर्शन गर्न नहुने विश्वास र प्रचलन रहेछ । दाँत रहेको उक्त ठाउँको बुद्ध मूर्ती अत्यन्त जाज्वल्यमान भएर झल्किरहेको थियो । ढोकाबाट दर्शन गर्न दिइए पनि तस्वीर भने करीव पाँच÷सात मिटर पर रहेको काठको बार नजिकबाट मात्रै खिच्न पाइने रहेछ । त्यो श्रद्धेय मूर्तीमा हाम्रा क्यामराहरु एकै पटक झल्याक झुलुक भए । यसपछि केहीबेर मन्दिर परिसर घुम्यौं । एउटा ५०–६० फिट लामो टहरो र टहरो नजिक राजकुमार सुदन्त र राजकुमारीको प्रतिमा थियो । उक्त टहरो उतिबेलाको राज सभास्थल रहेछ । नजिकै महाघण्ट भनिने घण्ट थियो । सायद यो त्यतिबेला कुनै महत्वपूर्ण सभा सम्मेलनका लागि भाइभारदारलाई बोलाउन या नागरिकहरुलाई जानकारी गराउन बजाइन्थ्यो होला, हाम्रो बिगुल जस्तै । नत्र बुद्ध मन्दिरमा कतै पनि घण्ट राख्ने प्रचलन देखिएको छैन । नजिकैको एउटा सानो घरमा ‘राजा हात्तीको मन्दिर’ छ । हात्तीलाई त्यहाँ अत्यन्त श्रद्धा गरिदो रहेछ । हात्तीहरुको राजा मरेपछि त्यसको बाहिरी अवयवलाई सुरक्षित राख्ने प्रविधि अपनाई एउटा ठूलो सिसाको फ्रेम (घर) भित्र दर्शनार्थ राखिएको छ । हामीले पनि त्यसको दर्शन ग¥यौं । त्यसपछि हामीलाई बोटानिकल गार्डेन लगियो । सन् १८६५ मा तत्कालीन व्रिटिश साम्राज्य कालमा यसको स्थापना गरिएको रहेछ । सयौं प्रजातिका दुर्लभ बोट वनस्पति रहेको यो उद्यान निकै रमणीय र ठूलो क्षेत्रमा फैलिएको छ । उद्यान भित्रै सुनाखरी संरक्षण गृह छ र त्यहाँ विभिन्न रंगमा पूmल्ने दुईसय दूर्लभ प्रजातिका सुनाखरीहरु संरक्षित छन् । त्यही उद्यानमा एउटा विशाल स्वामीको वृक्ष छ । अम्रेला ट्री भनिने यो वृक्षका हाँगा करीव ४२० वर्ग मिटर क्षेत्रमा पैmलिएका छन् । भूँईमा लत्रेर फेरि उठेका हाँगाहरु अझ पर सम्म फैलिन सकुन भनेर ठाउँ–ठाउँमा टेको दिएर जतनसाथ अड्याईएको छ । त्यहां एकदिनमै एक फिटका दरले बढ्ने प्रजातिको बांस पनि पाईदो रहेछ । उद्यानमा स्वर्गवासी राजा श्री ५ महेन्द्र र श्री ५ वीरेन्द्रले रोपेका साल र तेजपातका रुखलाई स–सम्मान मौसुफहरुको नाम र रोपेको मिति उल्लेख गरेर संरक्षित गरिएको छ । दिउसोको खानापछि हामीहरु केण्डीमै रहेको हात्तीपार्क गयौं । साठी भन्दा वढी हात्तीहरु व्यवस्थित रुपमा पालिएका छन् त्यहाँ । महांवली नदीमा नुहाईरहेका हात्ती समेत दृश्यमा समेटीने गरी केही फोटोहरु लिएपछि त्यहांबाट हिड्यौ । हामी आउँदा जाँदा बाटोमा प्रायःजसो ठाउँमा चुनावी ¥याली र सभाहरु भईरहेका थिए । दलका चुनाव चिन्ह अंकित ए(अबउ लगाएका राजनीतिक कार्यकर्ताहरु पर्चा पम्प्लेट बाँडिरहेका भेटिन्थे । सुन्दर केण्डीको रमाईलो यात्रा सकेर साँझमा हामी कोलम्बो फर्कियौं ।

मार्च २७ मा हामीलाई निर्वाचनपूर्वका गतिविधिको पर्यवेक्षणका लागि आपूm खटिएको जिल्लामा जानु थियो । म वंगलादेशी मित्र कासीम र सुरक्षाकर्मी सेनारत्ने ब्रेकफास्टपछि आपूmहरु खटिएको जिल्ला पुत्तलमतर्फ लाग्यौं । छोरीको जन्म दिन हुनाले विहान सबेरै छोरीलाई फोन गर्न चाहेको थिएँ । तर सम्पर्क हुन सकेन । सँगै हुँदा अष्टचिरञ्जीवीको पूजा गरेर उसलाई आशीर्वाद र केही उपहार दिने गरेको उसको बाबा आज धेरै टाढा थिएँ ।  बाटोमा पव्लिक कल सेण्टरहरुबाट पुनः प्रयास गरें र सम्पर्क पनि भयो । छोरीलाई शुभकामना दिदै के ल्याईदिउँ भनेर सोधें । तर छोरीले केही भनिन । तैपनि मन भने हल्का भयो । करीव एघार बजे हामी त्यहाँको निर्वाचन कार्यालय पुग्दा त्यहाँ का कर्मचारीहरु आ–आफ्ना काममा व्यस्त थिए । साधारण कार्य वातावरणमा समर्पणका साथ काममा खटिइरहेका कर्मचारीहरुको सादगी र काम प्रतिको लगाव अनुकरणीय थियो । कार्यक्रम अनुसार त्यहीं नै सम्पर्क अधिकृतहरुसँग भेट भयो । एकदम छिटो कुरा बुभ्mने र जिल्लाका प्रायः सवै कर्मचारीसँग जानपहिचान रहेका सम्पर्क अधिकृत हेनरी तिलकरत्नेबाट पाएको आत्मियता र सहयोग मेरा निम्ति अविष्मरणीय बनेको छ । दिउँसो त्यहाँका निर्वाचन अधिकृलाई भेटेर निर्वाचनको तयारीका लागि भइरहेका कामहरुबारे कुराकानी ग¥यौं । उनले विगतका तुलनामा निर्वाचनका वखत हुने अप्रिय घटनाहरुमा कमी आएको, शान्तिसुरक्षाको स्थिति सुदृढ रहेको र निर्वाचन निष्पक्ष ढंगले गराउन आपूm दृढ र विश्वस्त रहेको बताए । हामीले केही उम्मेदवारलाई पनि भेट्यौं । उनीहरुले पनि हालसम्मका निर्वाचन गतिविधिबारे खास कुनै गुनासो प्रकट गरेनन् तर मतदानको दिन भने हिंसात्मक घटना हुन सक्ने शंसय प्रकट गरे । त्यसपछि त्यहाँको प्रहरी कार्यालयमा गएर निर्वाचन कार्यक्रमका बेला भएका घटनाहरु बारे आवश्यक जानकारीहरु लियौं र बेलुका करीव छ बजे तिर हामी कोलम्वो आइपुग्यौं । कोलम्वोबाट टाढा पर्ने जिल्लामा खटिएका ६–७ जना साथीहरु भने त्यो दिन फर्कन भ्याउनु भएन । निर्वाचनपूर्वका गतिविधिको पर्यवेक्षण प्रतिवेदन तयार पारेपछिका दुईदिन  पूरै फुर्सदिला थिए । यी दिनमा हामी त्यहां स्थित शाही नेपाली राजदूतावास गयौं । राजदूत वलबहादुर कुँवरसँग श्रीलंकाको समसामयिक राजनीति र सामाजिक संरचनाबारे धेरै कुराहरु भए । असमयमै संसद भंग गरेर राष्ट्रपतिले किन चुनावमै जाने निर्णय गर्नु प¥यो  ? बहुसंख्यक श्रीलंकनहरुले यसलाई कसरी हेरिरहेका छन्  ? हामीले यी स्वाभाविक जिज्ञासाहरु राख्यौं । वहाँले सन् १९८१ मा गरिएको संविधानको संशोधनले राष्ट्रपतिलाई असिमित अधिकार दिएको तर वर्तमान प्रधानमन्त्रीले यसलाई वेवास्ता गर्दे शान्तिवार्ताको नाउँमा क्रमशः राष्ट्रपतिलाई पाखा लगाउँदै लगेर आपूmलाई शान्तिकामी र राष्ट्रपतिलाई शान्तिविरोधी पात्रको रुपमा प्रस्तुत गर्न खोजेका कारण द्वन्द्व बढ्न गई परिणतिमा संसद भंग भएको बताउनु भयो । यसबाहेक धेरै अनौपचारिक कुराकानी पनि भए । 

श्रीलंकाबाट फर्कदा परिवार र आफन्तजनलाई यहाँको चिनो के लगिदिने ? साथीहरुवीच प्रायः छलफल भइरहे पनि लगिहालौं जस्ता खास केही थिएनन् । भारतीय वस्तु हामीकहाँ नै सस्ता थिए र विदेशी वस्तु वैंककमा सस्ता पर्थे । कुनै पनि सामान वील वेगर विक्री नगर्ने र भन्सार नतिरी कुनै मालवस्तु नभित्रिने त्यहाँको व्यवस्थित बजार प्रणालीले पनि सायद भारतीय मालसामान समेत त्यहाँ महङ्गो पथ्र्यो । तै पनि फुर्सद हुँदा त्यहाँको डिपार्टमेण्टल स्टोरहरु चहार्नु हाम्रो दिनचर्या जस्तै भइसकेको थियो । त्यहाँका ठूला र नामचलेका डिपार्टमेन्टल स्टोर हाउस अफ फेसन र मेजेष्टि सिटीमा त हाम्रा साथीहरु मध्ये कोही न कोही नपुगेको दिनै हुँदैनथ्यो । प्रायः सवैजसो साथीहरुले त्यहाँका सूतीका कपडाहरु,केही हस्तकलाका सामान र  चिया लियौं। चियाका लागि श्रीलंका संसारभर प्रसिद्ध छ । त्यहाँको राष्ट्रिय आयको मुख्य स्रोत नै पर्यटन, नरिवल, समुद्री खाद्यजीव, रत्न र चिया नै हुन् । अत्यन्त आकर्षक र कलात्मक रुपमा तयार पारिएका कागज, काठ र वेतका वट्टामा जतनसाथ प्याकेजिङ गरिने चिया मुख्यतः युरोप र अष्टे«लिया निकासी हुँदो रहेछ । खाद्यवस्तु र कलाको एकै साथ व्यापार प्रवद्र्धन गर्ने श्रीलंकाली काइदा हाम्रा लागि अझ अनुकरणीय हुने लाग्यो । 

इयं स्वर्णमयीं लंङ्का मे लक्ष्मण न रोचते ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।। 

लंका विजयपछि त्यही स्वर्णद्विपमा वस्ने इच्छा प्रकट गर्ने भाई लक्ष्मणलाई माथि उल्लिखित श्लोक मार्फत सम्झाउँदै दाजु रामले दर्शाएको जन्मभूमि प्रतिको भक्ति हामी देशप्रेम दर्शाउनु पर्ने हरेक प्रसङ्गमा सगर्व उल्लेख गरिरहन्छौं । सानैदेखि घरघरमा सुन्दै आएको रामायणका धेरै प्रसङ्ग जोडिएको यो द्विप हाम्रा लागि नौलो नाम होइन । संयोगवस अहिलेको राम नवमीमा हामी यही द्विपमा छौं । के हामीले रामलाई आदर गरे झैं त्यहाँका मानिसले रावणलाई आदर गर्लान् ? रावणको स्वर्णमयी लंकामा रहेको भव्य दरवार अहिले पनि होला त ? मनमा लुकेका यस्ता स्वाभाविक जिज्ञासाले सौभाग्यवस त्यही भूमिमा प्रकट हुने अवसर पाएका थिए, अहिले । सायद पराजित योद्धालाई कोही रुचाउँदैन क्यारे ! यही कारणले हुन सक्छ श्रीलंकालीहरु रावणका बारे जानकारी त राख्छन् नै तर उनी बारेका जिज्ञासा उति रुचाउँदैनन् । ट्रिंकोमालीमा रहेको रावणको दरवारको भग्नावशेष र उनले प्रतिस्थापित गरेको त्रिकोणेश्वर मन्दिर एवंम नुआराएलियामा पर्ने अशोकवाटिकाले उतिवेलाको इतिहास मर्न दिएका त छैनन् तर तिनले उती प्रख्याती पनि पाएका छैनन् । हामीले सुनेसम्म त्यहाँको माध्यमिक शिक्षामा रावणका वारे एउटा पाठ पढ्नु पर्छ ।  त्यसमा राम र रावणलाई हामीले र उनीहरुले प्रकट गर्ने भाव एउटै छ । रामायणलाई सत्य मान्दा रावण र रामका चरित्र पनि सत्य हुन् । आखिर सत्य जहाँ पनि त एउटै हुन्छ । 

भोलि  (अप्रिल २) हुने निर्वाचनका सम्र्पूण तयारी पूरा भएका छन् । कर्मचारी र सुरक्षाकर्मीहरु आ–आफ्ना मतदान केन्द्रमा पुगिसकेका छन् । सम्पर्क अधिकृतको सहयोगमा पर्यवेक्षणमा जाने केन्द्र र समयतालिका निश्चित गरेर बेलुकाको खाना खान गयौं । खानामा भोर्लाको जस्तो पातमा छोपेर पकाएको कोदोको रोटी समेत रहेछ, खुदो राखेर पकाएको । यसले आफ्नो देशको सम्झनालाई तीव्र गरायो । राती कल्चरल शो रहेछ  । विभिन्न थरीका ८।९ वटा नाचहरु प्रस्तुत गरे । बुद्ध दर्शनमा आधारित चर्या नृत्यसँग मिल्दो जुल्दो एउटा नाच, हाम्रो थारु समुदायमा नाचिने झिरा नाच (लठ्ठी बजाएर नाच्ने) सँग मिल्दो जुल्दो अर्को नाच र अरु त्यहींका लोकनृत्य थिए । नेपाली र सिंहाली भाषामा धेरै मिल्दा जुल्दा शब्दहरु पाइएजस्तै सांस्कृतिक रुपमा पनि हामी निकै नजिक छौं जस्तो लाग्यो । साडी, व्लाउज लगाएका त्यहाँका केटीहरु नेपाली जस्तै देखिन्थे । केटाहरु भने हल्का खालका सर्ट, पाईन्ट, कुर्ता पाइजामा, लुंगी आदि लगाउँदा रहेछन् । साक्षरतादर उच्च रहेको श्रीलंकामा मान्छेहरु भलाद्मी छन् । हतपती रिसाउँदैनन् । नरिवलका वगैंचाको माझमा साना चिटिक्क परेका र टायलले छाएका घर छन् । घर आँगन चोक बाटाघाटा सवै सफा सुघ्घर छन् । स्कूले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क छ । चुरोट, रक्सी अत्यन्त महङ्गो छ । १८ वर्ष भन्दा कम उमेरकालाई रक्सी बेच्न पाँइदैन त्यहाँ ।जोसुकैले पनि रक्सी किन्नु परे तीनपुस्ते विवरण भरेर किन्नु पर्छ र प्रत्येक दिन यस्ता विवरण ब्यापारीले स्थानीय प्रहरी कार्यालयमा बुझाउनु पर्छ। कतै झै झगडा परे प्रहरीको पहिलो दृष्टि तिनै रक्सीक्रेता हुने गर्छन। समष्टिमा श्रीलंकाली समाजबाट हामीले सिक्ने कुराहरु धेरै छन् जस्तो लाग्यो ।

चुनावको दिन विहान सात बज्नु भन्दा पहिल्यै हामी होटल नजिकैको एउटा मतदान केन्द्रमा गयौं । हामी पुग्दा त्यहाँ कर्मचारी र सुरक्षाकर्मी बाहेक कोही थिएन । एकछिन पछि राजनीतिक दलका एजेण्ट र केही मतदाताहरु आए । त्यहाँको कानूनी प्रकृया पूरा गरेपछि निर्वाचन शुरु भयो । त्यसपछि हामी क्रमशः अरु केन्द्रमा गयौं । कहीं पनि भिडभाड छैन । मतदाताहरु शान्तपूर्वक पंक्तिवद्ध भएर उभिएका छन् । दुई जना सुरक्षाकर्मीको उपस्थितिमा निर्वाचन भयरहित ढंगले चलिरहेको छ । त्यहाँ न त अरुको नाममा भोट खसाउने दाउ छ न त कसले कसलाई भोट दियो भन्ने चासो नै छ ।मतदाताहरु हातमा आ आफ्ना परिचयपत्र लिएर लामबद्ध थिए। मतदातालाइ मतदानमा सहयोग पुगोस् भन्ने हेतुले मतदाता परिचय पत्रको रुपमा पोल कार्ड को व्यवस्था गरिएको छ । निर्वाचन आयोगद्वारा एउटा साधारण निमन्त्रणा कार्डको आकारमा मतदाताको व्यक्तिगत विवरणहरु हातैले लेखेर तयार पारिने यो कार्ड निर्वाचनको दिन अगावै मतदाताले पाउन सक्ने गरी हुलाकद्वारा पठाइन्छ । मतदानको दिन यो कार्ड लिएर आएका मतदाताको विवरण कर्मचारी र एजेन्टहरुद्वारा त्यहाँ रहेको नामावलीसँग भिडाइ मतपत्र प्रदान गरिन्छ र कार्ड खिची न्छ। यद्यपि मतदान गर्न पोलकार्ड नै हुनु पर्ने अनिवार्यता भने छैन । नामावली सूचीमा नाम भएको मतदाताले स्वतः मतदानमा सहभागी हुन पाउँछ र उसको परिचयबारे कुनै प्रश्न उठेमा नेशनल आइ डी कार्ड वा यस्तै अन्य कागजात प्रमाणको रुपमा हेरिन्छ । तर पोलकाडले मतदाता र संलग्न सवै पक्षलाई छिटो छरितो र निष्पक्ष ढंगले कार्य सम्पादन गर्न मद्दत पु¥याएको स्पष्ट छ । पोलकाडनलिई आउने मतदाताको परिचयवारे स्वतः बढी चासो देखाइने हुँदा यसले दोहोरो मतदान नियन्त्रणमा अत्यन्त ठूलो साधन को रुपमा कार्य गरेको छ  । हामीले पर्यवेक्षण गर्न भ्याएका चौविसवटै केन्द्रमा विना कुनै अवरोध निर्वाचन सम्पन्न भयो । पर्यवेक्षणका क्रममा मतदाता, कर्मचारी र एजेण्ट सबैलाई कहीं कतैबाट कुनै प्रकारको डर, धम्की, प्रलोभन आएको छ कि भनेर पनि प्रश्न ग¥यौं ? तर कसैले केही गुनासो गरेन । हामीले देख्दै भोग्दै आएका निर्वाचन भन्दा यो धेरै शालीन ढंगले सम्पन्न भएको थियो ।

निर्वाचन कै दिन राती मतगणना केन्द्र गयौं । एउटा विद्यालय परिसरमा रहेका एकतीस वटा गणना केन्द्रमा महिला, पुरुष दुवैथरी कर्मचारीहरु व्यस्त थिए । मतगणनाका लागि जिल्ला सदरमुकाममा आवश्यक संख्यामा मतगणना केन्द्रहरु निश्चित गरी मतगणना अधिकृत  र आवश्यक सहयोगी कर्मचारीहरुको व्यवस्था गरिएको हुन्छ । गणनाकै लागि मात्र नियुक्त हुने यस्ता अधिकृत र सहयोगीहरुलाई मतगणना प्रकृयाबारे तालिम दिइ दक्ष बनाईएको हुन्छ 

मतगणना गर्दा सर्वप्रथम मतगणना प्रतिनिधिहरुलाई मतदान केन्द्रबाट  प्राप्त मतपत्र अभिलेख खाता देखाइन्छ र उनीहरुले चाहेमा त्यसको प्रति उपलब्ध गराइन्छ । यसपछि एजेन्टहरुकै रोहवरमा मतपेटिका खोली सबै मतपत्र टेवलमा खन्याइन्छ । यसरी खन्याए पछि त्यहाँ रहेका मतपत्रलाई ५०।५० वटाको चाङमा छुट्टयाई गणना गरिन्छ । गणना गर्दा आएको संख्या र मतपत्र अभिलेख खातामा उल्लेख गरिएको संख्या ठ्याक्क मिल्नु जरुरी हुन्छ  । माथि उल्लिखित ५०।५० प्रतिका मुठाबाट उक्त मतपत्रहरुलाई पार्टिगत आधारमा छुट्याइन्छ र दल वा स्वतन्त्र समूहले प्राप्त गरेको कूल मत गणना गरिन्छ । पार्टी वा स्वतन्त्र समूहले प्राप्त गरेको कूल मत छुट्याई सकेपछि ती दल वा स्वतन्त्र समूहका तर्फबाट खडा भएका प्रत्येक उमेद्वारले प्राप्त गरेको प्राथमिकताको मत गणना गरिन्छ र विजेता छुट्टयाइन्छ । मतगणना अधिकृतले गणनातालिका तयार पारी निर्वाचन अधिकृतलाई पठाउँछ र निर्वाचन अधिकृतले आफ्नो सिफारिस सहित उक्त तालिका निर्वाचन आयुक्त लाई उपलब्ध गराए पछि आयुक्तद्वारा (आयोगद्वारा) विजेताको घोषणा हुन्छ । श्रीलंकाको निर्वाचन प्रणाली ‘प्राथमिकता मत’ सिद्धान्तमा आधारित रहेको छ। श्रीलंकाको संसदमा रहने कूल २२५ सदस्य मध्ये १९६ जना जनताबाट निर्वाचित भई आउने र बाँकी २९ सदस्य दल वा समूहले प्राप्त गरेको कूल राष्ट्रिय मतको अनुपातका आधारमा दल वा समूहबाट मनोनयन भई आउँछन् । विजेता हुन आवश्यक पर्ने मत यकिन गर्ने र ५% भन्दा कम मत प्राप्त गर्ने दल वा समूहको मत सो भन्दा बढी मत प्राप्त गर्ने दल वा समूहलाई आनुपातिक हिसावले वितरण हुने निश्चित गणितीय प्रकृयाहरु रहेका छन् । यिनै विविध कारणहरुले त्यहाँको निर्वाचन प्रणालीमा मतगणना कार्यलाई जटिल मानिन्छ मतगणना केन्द्रको अवलोकनपछि राती एक वजे हामी होटल फर्कियौं र भोलिपल्ट विहान ब्रेकफाष्ट पछि कोलम्वो तर्फ लाग्यौं । 

हामी आफ्नो जिम्मेवारी पूरा गर्ने अन्तिम चरणमा आइपुगेका थियौं । अव केवल प्रतिवेदन तयार पार्ने काम मात्र बाँकी थियौं । अप्रिल ४ र ५ प्रतिवेदन तयार पार्ने र बुझाउने काममै वित्यो ।  समष्टिमा, निर्वाचनमा सहभागी रहने राजनीतिक दल, मतदाता, नागरिक समाज र त्यसको व्यवस्थापन गर्ने राष्ट्रसेवक सवैमा आ–आफ्नो कर्तव्य प्रति जुन स्तरको वफादारिता हुन्छ निर्वाचन कार्य सोही स्तरमा सम्पन्न हुन्छ । दक्षिण एशियाली मुलुकहरुमा सम्पन्न हुने निर्वाचनहरु धेर–थोर शंशयको घेरामा पर्दै आएका छन् । ‘सत्ताको दुरुपयोग’ यी राष्ट्रहरुमा रहेको मूल समस्या हो । यद्यपि श्रीलंकामा केही पृथक संस्कारहरु पाइए । सापेक्षिक रुपमा सचेत मतदाता, भौगोलिक सुगमता, तटस्थ प्रशासन आदिका कारण त्यहाँको निर्वाचन स्वच्छ ढंगले सम्पन्न भएको पाइयो । 

६ अप्रिलको राती कोलम्वो छोड्नु थियो । घर फर्कने उत्कट अभिलाषा र तीव्र प्रतीक्षाले सताए पनि कता कता ‘अव यहाँबाट जाँदैछौं’ भन्ने खल्लो अनुभूति भै रहेको थियो । परिचित भइसकेका होटलका स्टाफहरु समेत अनुहार मलिन पारेर ‘आज राती त जानुहुन्छ हगि’ भनेर सोध्थे । बेलुकाको खानापछि तिनीहरुसँग बसेर केही फोटाहरु लिएँ – सम्झनाको लागि । कोठामा फर्केर झोलाहरु मिलाएपछि १०ः४५ मा होटल छोडेका हामी करीव एक घण्टामा कोलम्वो विमानस्थल पुग्यौं । अध्यागमन सम्बन्धी काम सकेर शिष्ट श्रीलंकालीहरुको हार्दिकतापूर्ण विदाई अभिवादन ग्रहण गर्दै बैंकक हुँदै काठमाडौंका लागि उड्यौं । 

बैंकक आइपुग्दा विहान भइसकेको थियो । विमानस्थल र त्यहाँका ड्यूटी फ्रि पसलहरु भव्य लाग्थे  । हवाइ उडान तालिका नमिल्नाले त्यो रात बैंककमा बिताउने हाम्रो मनसुवा पूरा भएन । तैपनि थाइलैण्डको समग्र सामाजिक जनजीवन र  अर्थतन्त्रको प्रतिविम्व विमानस्थलकै चहलपहलले दिइरहेको थियो । प्रत्येक पसलमा निश्चित उमेर समूहका केटीहरु मात्र व्यस्त थिए । सायद भर्भराउँदो वैंशालु उमेर पार गरेपछि ती पसलहरुमा तिनीहरुको प्रयोजन समाप्त हुन्छ र उनीहरु अर्को पेशामा संलग्न हुन जान्छन् । करीव चार घण्टा विमानस्थलमा विताएपछि हामी काठमाडौंका लागि उड्यौं, आफ्नो घर । प्यारो घर । 

चित्रवन स्मारिका २०६२,(अफिसर्स ल्कब चितवन) मा प्रकाशित


Monday, July 20, 2015

दुराडाँडा र दुरा, एक संक्षिप्त अध्ययन


दक्षिण–पूर्व फर्किएको यो घमाइलो डाँडोलाई कहिलेदखि दुराडाँडा भन्न थालियो भन्ने तिथि मिति ठ्याक्कै त भन्न सकिदैन तर यहाँका आदिपुर्खा दुराहरुले आप्mनो पौरख र पसिनाले गुल्जार बनाएपछि नै यो ‘अनाम’ डाँडोले दुराडाँडा नाम पाएको हुनुपर्छ ।

दुराहरु को हुन ? कहिले र कहाँबाट यो ठाउँमा आइपुगे ? भन्ने बारे इतिहासमा एकमत पाईदैन । दुराजाति बारे कलम चलाएका केही विद्वानहरुले उनीहरु दैलेखको दुल्लु क्षेत्रका ‘दुलाल’ वंशका भएको र दैलेखमा उनीहरुले राजकाज समेत चलाएको उल्लेख गरेकाछन् । दुल्लुबाट बसाईं सर्दै पूर्वतिर आएपछि ‘दुलाल’ हरुलाई ‘दुरा’ भन्न थालिएको हो भनिएको छ ।

साधारणतः उनीहरु मङ्गोल जातीय रक्तवंशसंग सम्बन्धित जाति मानिन्छ (प्रा.डा.कृष्णबहादुर थापा, २०६२) । दुराहरुको शारीरिक बनोट र रितिरिवाज (जस्तै फुपू चेला र ममा चेलीबीच बिबाह गर्ने प्रचलन,साँस्कृतिक पर्व,कूलपूजा जस्ता धार्मिक अनुष्ठानमा मदिराको प्रयोग आदि )बाट पनि उनको यो भनाईमा सत्यता पाइन्छ । अतः मङ्गोल रक्तवंशका दुराहरुका आदिपुर्खा ‘दुलाल’ (यिनीहरु आर्यवंशी  हुन् ) हुन् भन्ने भनाई पत्यारिलो लाग्दैन । खस–बाहुन सम्प्रदायको एउटा ‘थर’ विशेषको रुपमा रहदै आएको ‘दुलाल’ वंशबाट नित्तान्त भिन्दै रक्तवंशको, आप्mनै भाषा, संस्कृति भएको अलग जातिको उद्भव भएको भन्नु पत्यारिलो तथ्य होइन । अतः दुराहरु दैलेख दुल्लुक्षेत्रमा बसोबास गरेका मङ्गोलवंशी मध्येकै हुनुपर्छ ।

दुराहरु दुल्लुबाट पाल्पाको छहरा, स्याङ्जाको नुवाकोट, कास्कीको अर्घौं हँुदै ती ठाउँमा केही पुस्ता विताउँदै विताउँदै दुराडाँडा आइपुगेका हुन् भनिन्छ (गोकुल दुरा,२०६२) । तर उल्लिखित कुनै पनि ठाउँमा अहिले दुराहरुको बसोबास नभेटिनुले यो भनाईलाई पुष्टि गर्ने आधार भेटिदैन । कुनै पनि जाति एक ठाउँबाट अर्को ठाउँमा वसाईं सरेर जाँदा जातिका सम्पूर्णले आप्mनो थातथलो एकै पटक छोडेर गएको पाईंदैन । यसलाई मनन गर्दा या त उनीहरु दैलेखबाट सरासर यो क्षेत्रमा आइपुगेको हुनुपर्छ या दुराडाँडा आइपुग्नु अघिसम्म उनीहरुलाई ‘दुरा’ भनिदैनथ्यो । 

मध्यकालमा दैलेख र देैलेख पश्चिमक्षेत्रमा गाउँहरुको समूह जनाउन ‘दरा’ शव्दको प्रयोग हुन्थ्यो । उक्त क्षेत्रका मठ मन्दिरको गुठी राख्दा ती मठ, मन्दिरको ठेगाना जनाउन ‘दरा’ शव्द प्रयोग भएको छ । जस्तै दैलेख डल्लु मध्ये मारु खण्ड दरा श्री मालिका गुठी, दैलेख अछाम सातसिउ (सात सय ?) दरा टोलका गाउँका सिद्ध संसारमय गुठी, डोटी पन्ध्र वीस दरा श्री वडामालिका गुठी, दैलेख छ वीस दरा पु.६ गाउँको नन्दादेवी गुठी आदि (रामप्रसाद भण्डारी संभव ः२०६३) । अहिले पनि उक्त क्षेत्रका गाउँहरुको नाममा ‘दरा’ शव्द रहेको पाइन्छ । यसलाई आधार लिँदा उनीहरु दुल्लुक्षेत्रका ्‘दरा’ मध्ये कुनै एक ‘दरा’ का वासिन्दा थिए । दैलेखबाट पूर्व सरेर नयाँ ठाउँमा आएपछि स्वभावतः उनीहरुले वरपरका छिमेकीसंगको परिचयक्रममा आफ्नो पुख्र्यौली थलोको नाम लिएर आपूmहरु कुनै ‘दरा’ बाट आएको बताए । यस क्षेत्रका मानिसका लागि ‘दरा’ शव्द नयाँ थियो । उनीहरुलाई सायद यो नयाँ शव्दले छिटो छोयो  । लमजुगेहरुले ‘दरा’ बाट आएकाहरुको गाउँलाई ‘दरागाउँ’ र त्यहाँका मानिसलाई ‘दराली’ र पछि ‘दुरा’ भनिएको हुनसक्छ । त्यसै गरी दैलेख पश्चिमदेखि डोटीसम्म भगवतीलाई ‘मालिका’ को नामबाट पुकार्ने, पूज्ने परम्परा छ । दुराडाँडा र वरपरका क्षेत्रमा थानसिंङ बाहेक अन्यत्र कतै मालिका देवीको मन्दिर रहेको पाइदैन । अतः थानसिंङकी मालिकाको स्थापना यो क्षेत्रमा दुराहरुको आगमनपछि उनीहरुले नै गरेको हुनसक्छ । इतिहासमा अन्यत्र उल्लेख नभएका यी पाटाको गहन अध्ययन हुनसके दुराहरुको पुर्खा र पुख्र्यौली थलो बारे थप तथ्य पत्तालाग्ने देखिन्छ ।

दुराहरु दुराडाँडाक्षेत्रमा अहिलेको लमजुङको दक्षिण पश्चिम क्षेत्रबाट प्रवेश गरेका हुन् । कास्कीको अर्घौबाट उत्तरपूर्व लागेका उनीहरु राम्चे र हाँडिखोलाको दोभान नजिकै आइपुगेपछि त्यसकै उत्तर–पश्चिम पाटोको पाखो (डढुवाको पुच्छार) लाई आवाद गरेर वस्ती बसाए । दुराहरुले पहिलोपटक वस्ती बसाएको यो गाँउलाई आरीकोसी भनिन्छ । कुनै समय यो क्षेत्र रहेको प्रशासनिक इकाईको नाम नै आरीकोशी गाउँ पञ्चायत थियो । नेपालको पश्चिम भेगमा काठलाई खोपेर बनाइने करीव पाँच–सात माना अन्न अट्ने भाँडोलाई आरी वा कोसी भनिन्छ । दैलेख क्षेत्रको आदिवासी राउटे जातीले काठका आरी,कोसी बनाउने सीप अहिलेसम्म पनि जोगाउँदै आएबाट यो सीपको विकास दैलेख क्षेत्रबाटै भएको अनुमान गर्न सकिन्छ । सोही क्षेत्रबाट आएको भनिएका दुराहरुसंग पनि पक्कै यो सीप भएको हुनुपर्छ । फलतः त्यहाँबाट बसाईं सरेर आउँदा उनीहरुले आरी वा कोसी बनाउने सीप पनि सँगै लिएर आए । आरी, कोसी बनाउन सिपालुहरुको गाँउ भएकैले उक्त गाँउको नाम आरीकोसी रहेको हुनुपर्छ ।

दुराहरु यो डाँडामा कहिले आइपुगे यकिन छैन । उनीहरु सोह्रौ शताव्दीमा दुराडाँडा आएको उल्लेख गरेको देखिन्छ (भुवन दुरा,२०६२) । तर ऐतिहासिक तथ्य अनुसार वि.सं.१५५० मा लमजुङ राज्यमा शाहवंशको स्थापना दुराहरुकै नेतृत्वमा भएको पाइएको छ । यो ठाउँमा कमसेकम दुई–चार पुस्ता नविताएको जाति वा नेतृत्वले राज्यभरिका मानिसलाई आप्mनो मतमा हिंडाएर नयाँ राजवंशको स्थापना गर्ने हैसियत आर्जन गर्न सक्योहोला भन्ने लाग्दैन । तसर्थ उनीहरु पन्ध्रौं शताब्दीको शुरुमै यहाँ आइसकेको हुनुपर्छ ।
लमजुङ राज्यमा शाहवंशको स्थापना कालसम्म दुराहरुको बसोबास हाँडिखोला खोला र राम्चेको दोभान वरपर थियो । आप्mनो अगुवाईमा नयाँ राजवंश स्थापना गरेपछि उनीहरुले राजालाई तुर्लुङकोट नजिक टाकुरामा दरवार बनाएर राखे । दरवार पश्चिमको समथर  टाकुरोमा कास्कीकोटबाट ल्याइएकी शाहवंशकी इष्टदेवी कालिकाको मन्दिर र भैरव थानको स्थापना गरियो । पूर्व तर्फ  गढी निर्माण गरियो । राजाकै सुरक्षाका लागि दुराहरु दरवार वरपर नै घर बनाएर बसे र सम्पूर्ण सैन्यशक्तिको समेत नेतृत्व गरे । अहिले पनि दुराहरुका कतिपय घरमा त्यतिबेला लडाईंमा प्रयोग गरिएका भरुवा बन्दुक,तरवार,सुनका टीका जडित खुँडा र खुकुरी थुप्रै भेटिन्छन् (गोकुल दुरा,२०६२) सुरक्षा व्यवस्थालाई थप मजवुत पार्न दुराडाँडा भन्दा दक्षिणपूर्वको कुन्छा र पश्चिमको तान्द्राङमा समेत उनीहरुकै नेतृत्वमा आवश्यक बन्दोवस्त मिलाइयो । केही सैनिक र तिनका परिवार कुन्छा र तान्द्राङ पठाईए । ती ठाउँमा रहेका दुराजातिका पुराना बस्तीले यो तथ्य पुष्टि गर्छन । राजाको थप सुरक्षाका लागि राजदरवार तुर्लुङबाट पुरानकोट सारियो । समयक्रममा तुर्लुङ दरवार वरपरको घना दुरावस्ती डढेलोमा पर्यो । डढेलोमा परेकै कारण उक्त क्षेत्रलाई अहिले पनि डढुवा भनिन्छ । आगलागिपछि उनीहरु उक्त ठाउँ छोडेर तुर्लुङ, नेटा, ठूलोस्वाँरा, र खजेगाउँसम्म छरिए । 

लमजुङ राज्यको भू–क्षेत्रको तुलनामा दुराहरुको आवादी क्षेत्र खासै ठूलो देखिँदैन । सानो भू–क्षेत्र आवाद गरेर बसेका अल्पसंख्यक दुराहरुले राजवंश फेर्नेसम्मको शक्ति आर्जन गर्नुले उनीहरुसँग नेतृत्व खुवी, सैन्य कौशल र कुटनीतिक क्षमता रहेको देखिन्छ । लमजुङमा दुराहरुले खेलेको राजनीतिक भूमिकालाई विश्लेषण गर्दा दुल्लुबाट बसार्इं सर्नुपूर्व उनीहरुको वंशले त्यहाँ राजकाज चलाएका थिए भन्ने भनाईलार्ई पुष्टि गर्छ ।
दुराहरु जहाँबाट जहिले आएका भए पनि उनीहरु नै यो डाँडाका आदिपुर्खा हुन् भन्नेमा कुनै द्विविधा छैन । अहिले मुलुकभित्र र बाहिर विभिन्न ठाउँमा छरिएर रहेका दुराहरुको अहिलेसम्मको खोजबाट पुष्टि भएको पुख्र्यौली थलो दुराडाँडा नै हो । करीव ६०० वर्षअघि नै लमजुङ राज्यमा नयाँ राजवंशको स्थापना गर्ने कार्यको नेतृत्व गरी गौरवमय योगदान गर्ने यो जातिको इतिहासबारे अनुसन्धाताहरुबाट थप खोजी हुन आवश्यक छ ।


२०६९ भदौ

श्रीकान्तबासँगका अन्तरङ्ग


प्रायजसो घिउ रँगको सफा कुर्ता पाइजामा लगाउँने श्रीकान्तबा त्यस दिन निक्कै मैलो पहिरनमा हुनुहुन्थ्यो । शिरमा टोपी थिएन । पातला, लामा केशराशि हावाले हल्लाइरहेको थियो । अनुहार मलिन र आभाशून्य थियो । मलाई हातको इसाराले आपूmतिर आउँन भन्नुभएपछि म नजिकै गएर बसें । मेरो दाहिने काँधमा आफ्नो देब्रे हत्केलो राखेर मन्त्र जस्तै छोटा दुई–चार वाक्य बोल्नुभयोे । ती वाक्य मैले बुझिनँ । अन्तिममा “ल, मलाई त हतार छ बाबु, केही सोध्नु छ भने सोध, नत्र म हिंडें है... ” भन्दै ओरालो झर्न थाल्नुभयो र हेर्दाहेर्दै ओझेल हुनुभयो । म झल्याँस्स ब्यूझिएँ । ओहो ! के हो यस्तो सपना ? चलिआएका विश्वासका आधारमा सपनाको अर्थ लगाएँ । भित्रैदेखि  डर लागेर आयो । मनले ‘श्रीकान्तबा पक्का बिरामी हुनुहुन्छ’ भन्ने ठोकुवा ग¥यो र भित्र–भित्रै हँुडलिरह्यो । नराम्रो सपना देखेपछि फेरि निदाइयो भने दोष मेटिन्छ भन्ने विश्वासमा निदाउँने प्रयास गरें तर त्यो काम लागेन । बाँकी रात तन्द्रामै बित्यो । 

भोलिपल्ट बिहान ८ बजेतिर श्रीकान्तबाको घरमा गएँ । बा, पूर्वपट्टीको आँगनमा कलिला घाम तापेर पत्रिका पढ्दै हुनुहुँदो रहेछ । उस्तै सफा कुर्ता पाइजामा, आभायुक्त अनुहार र मोटो कालो टोपीको घेराबाट बाहिर निस्केका सेता केशराशि देखेपछि मनमनै सपना र विपनालाई दाँज्न थालें । बा स्वस्थ देखिनुहुन्थ्यो । बोलीचालीमा उस्तै आत्मविश्वास र बेजोड तर्कशक्ति थियो । एक मन त ‘मैले राति यस्तो सपना देखें, त्यसैले बालाई भेटन आएको’ भनौं कि भन्ने पनि लाग्यो तर अर्को मनले भन्यो ‘होइन, यो भन्नुपर्ने विषय होइन, मेरो भनाइलाई अनावश्यक चेपारोका रूपमा पनि त लिन सक्नुहुन्छ ...।’ मैले यो विषय उप्काइन । केही बेर समसामयिक राजनीति, सामाजिक अवस्था र त्यतिबेला चलिरहेको सर्वोदयको पुनर्निर्माण अभियानको विषयमा कुराकानी भए । मलाई अफिस जानु थियो । त्यसैले ९ बजेतिर बिदा भएर हिंडें । श्रीकान्तबाको अगाडि केही नभने पनि खासमा म सपनाकै कारण उहाँलाई भेटन गएको थिएँ । उहाँलाई सरसराउँदो देखेर फर्किए पनि मनबाट त्यो दुःस्वप्नको किलो उखेलिएको थिएन । किन किन मलाई भित्रैदेखि श्रीकान्तबाको सान्निध्य अब धेरै दिन मिल्दैन कि ! भन्ने संशय लागिरह्यो ।

उहाँको बुढो शरीरमा देखिएका चाउरीका प्रत्येक पत्रहरूमा राजनीतिक, सामाजिक र शैक्षिक आन्दोलनको समग्र इतिहास लुकेर बसेको थियो । २००६ सालको हलोक्रान्ति, २००७ सालको राजनीतिक क्रान्ति, २००८ सालमा दुराडाँडाक्षेत्रमा एकै पटक १२ वटा प्राइमरी स्कुलको स्थापना, २०१५ सालको आम निर्वाचन, २०१७ सालको राजनीतिक परिवर्तन, २०२६ सालमा पाणिनि संस्कृत हाइस्कुलको स्थापना, २०३३ सालमा सम्पन्न सर्वोदय लगायत १२ प्राइमरी विद्यालयहरूको रजत जयन्तीका यावत् पक्षका अभियन्ता हुनुहुन्थ्यो श्रीकान्तबा । ऐतिहासिक सिंदुरे ढुङ्गालाई साधारण ढुङ्गाको थान्कोबाट ऐतिहासिक धरोहरका रूपमा अगाडि ल्याइदिने उहाँ नै हो । कुसुमाकर घिमिरे र खजेदुराजस्ता ऐतिहासिक पुरुष एवं द्यौबहादुर दुराजस्ता प्रतिभाशाली गायकका योगदानलाई उहाँले नै उजागर गराइदिनु भएको हो । यी र यस्तै अनगिन्ती ऐतिहासिक र सामाजिक पक्षका बारे उहाँजति जानकार दुराडाँडामा अर्को व्यक्ति थिएन । चौरासी वर्षको वय पूरा गर्दा श्रीकान्त आफैंमा ज्युँदो इतिहास बन्नुभएको थियो । श्रीकान्तबासँग रहेको यो ऐतिहासिक जानकारीलाई संरक्षण गर्नसके भावी पुस्ताका लागि एक अनमोल सम्पदा हुनसक्थो । आखिर सपनामा ‘केहि सोध्नु छ भने सोध...” भन्नुको सङ्केत यो पनि त हुनसक्छ ..! बाटोमा हिंड्दा हिंड्दै मैले मनमनै अठोट गरें कि ‘यो काम गर्नुपर्छ र म गर्छु ।’ २०६८ वैशाख महिनाको पहिलो हप्तातिरको कुरा हो यो । 

वैशाख महिनाको अन्ततिर म फेरि श्रीकान्तबालाई भेटन गएँ । भुइँतलाको बैठक कोठामा केही बेर पर्खेपछि बुबा आउँनुभयो । आदरपूर्वक म निहुरिएँ । बुबाले मेरा दुबै कुममा हात राखेर पूरै निहुरिन दिनुभएन । केही बेर सञ्चो बिसञ्चोका कुरा भएपछि उहाँले सोध्नुभयो– ‘अरू के छ त, बाबु ?’ ‘सबै राम्रै छ बुबा !’ मैले भनें– ‘म त एउटा अनुमति लिन आएको ।’ ‘के को अनुमति लिन आयौ ?’ मैले बिस्तारै प्रसङ्ग अगाडि सारें– “बुबा, हजुरसँग रहेको ऐतिहासिक जानकारी हजुरसँगै विलीन भएर जान हुँदैन; दुराडाँडा कसरी र कस–कसका कारणले दुराडाँडा हुनसक्यो भन्नेबारे पुस्ता दरपुस्ताले पनि हुबहु थाहा पाउनुपर्छ । हामीसँग प्रविधि छ । अब त श्रीकान्तलाई सयौं वर्षपछि पनि पढ्नमात्र हैन; सुन्नमात्र पनि हैन; देख्नसमेत सकिन्छ । भोलिको पुस्ताले श्रीकान्त को थियो हैन; श्रीकान्त को हो भनेर देख्न पाउँनेछन् । तसर्थ यदि अनुमति दिनुहुन्छ भने म हजुरसँगको कुराकानीलाई भिडियो छायाङ्कन गर्न चाहन्छु । यो भोलिको पुस्ताका लागि एक अमूल्य निधि हुनेछ ।”

मेरो कुराले उहाँ स्तब्ध जस्तै हुनुभयो । बोल्न खोजेर पनि करीब २० सेकेण्डजति उहाँ बोल्न सक्नु भएन । हाम्रा आँखा जुधिरहे । उहाँका आँखामा कृतज्ञताको भाव छचल्किन खोजे पनि गला खुलेको थिएन । बुबाको त्यो भाव पढ्दै गर्दा मेरा आँखामा पनि धमिलो पर्दा भरिँदै आएको थियो । यति बेलासम्म बैठक कोठामा हामी दुइजना मात्रै थियौं । बुबाले गायत्री आमालाई बोलाएर भन्नुभयो– ‘गायत्री ! देशबन्धु बाबुले एउटा माथवर कुरो लिएर आएका रहेछन् ।’ ‘के कुरा हो र ?’ आमाले जिज्ञासा राख्नुभयो । श्रीकान्त बुबाले मैले राखेको प्रस्ताव हुबहु आमालाई सुनाउँनुभयो । यतिबेला बहाँको गला अवरुद्ध थिएन बरु आँखामा थप चमक भरिएको थियो । अनुहार उज्यालो भएको थियो । आमा पनि खुसी हुनुभयो । मैले उहाँसँगको कुराकानीको भिडियो छायाङ्कन गर्ने अनुमति पाएँ ।

श्रीकान्त बासँग अनुमति पाएपछि मैले यो प्रसङ्ग केही अग्रजहरूलाई सुनाएँ । धेरै जनाले राम्रो काम गर्न लागेको भन्दै खुसी प्रकट गर्नुभयो । कसै कसैले काम राम्रो हो तर पैसा खर्च गरेर छायाङ्कन गर्न हँुदैन है भन्ने ‘किफायती सल्लाह’ पनि दिनुभयो । तर, मैले अरूसँगमात्र हैन आफैंसँग समेत अठोट गरिसकेको थिएँ– ‘म गर्छु’ भनेर । तसर्थ मलाई यो काम जसरी पनि गर्नुपर्ने थियो । म यसको तयारीमा जुटें । 

मिडिया वाचडग प्रा.लि.का विनोद खनाल(तनहुँ), त्यही संस्थामा काम गर्ने श्रीकान्त भट्टराई र प्रद्युम्न भट्टराई मेरा नातेदार हुनुहुन्छ । उहाँहरूलाई श्रीकान्त अधिकारीका योगदान र मेरो योजनाका बारेमा बताएपछि छायाङ्कनका लागि चाहिने उपकरण र प्राविधिक निःशुल्क उपलब्ध गराइदिने वचन दिनुभयो । पैसा खर्च गरेर छायाङ्कन गर्न हुँदैन भनी मलाई सल्लाह दिने शुभचिन्तकले भनेजस्तै हुने भयो । तर, अनुमति लिएको पाँच÷छ महिनासम्म पनि मैले यो छायाङ्कनको प्रबन्ध भने मिलाउँन सकिनँ । कहिले मलाई समय मिल्दैनथ्यो; कहिले बुबाको स्वास्थ्यले साथ दिंदैनथ्यो; कहिले प्राविधिक र उपकरण जुट्दैनथे । मलाई कहिलेकाहीं कस्तो डर पनि लाग्थ्यो– ‘कथं कदाचित् यो छायाङ्कन नहुँदै बुबालाई तलमाथि भयो भने म सबको नजरमा र विशेषतः श्रीकान्तबाको नजरमा ‘फटाहा’ पो हुन्छु कि के हो ?’

यही बिचमा यमबहादुर दुरा र डा.जीवन अधिकारीले पनि श्रीकान्त बुबासँगको कुराकानीको अभिलेख उहाँकै स्वरमा रेकर्ड गरेर राख्न पाए उचित हुन्थ्यो भन्नेबारे आ–आफ्नै हिसाबले कुरा गर्नुभएको रहेछ । बुबाले उहाँहरूलाई यस्तै कुरा लिएर म पनि उहाँ समक्ष गएको कुरा बताउँदै आपसमा सल्लाह गरेर तारतम्य मिलाउँन भन्नुभएछ । मैले यो कुरा थाहा पाएपछि उहाँहरू दुबै जनासँग सम्पर्क गरें । तीनजना बसेर व्यापक छलफल ग¥यौं । हामीले एक्ला एक्लै सोचेको कुरा अब तीनजनाको ‘साझा कुरा’ बन्यो । यो साझा अभियानलाई टुंगोमा पु¥याउँन हामी तीनजना जुट्यौं । 

अन्ततः २०६८ सालको पुस १६ र १७ गते श्रीकान्त बुबासँगको कुराकानीको छायाङ्कन उहाँकै निवासको भुइँतलाको बैठक–कोठामा सम्पन्न भयो । उहाँकी धर्मपत्नी गायत्री तथा छोरीहरू– सबला र प्रभाको रोहबरमा हामी तीनजनाले अन्तर्वार्ताको शैलीमा उहाँभित्र रहेको अमूल्य ज्ञानगङ्गालाई समेट्ने प्रयास गर्यौं । मिडिया वाचडग प्रा.लि.का क्यामेराम्यान अशोक भण्डारीले श्रीकान्तका अन्तरमनबाट निस्केका भावतरङ्गहरूलाई डिजिटलाइज गर्न सहयोग गरे । जब श्रीकान्तबासँगको इनडोर कुराकानीको छायाङ्कन सकियो हामीले आपूmलाई अत्यन्त हलुृका महसुस ग¥यौं  । बुबासँग गरेको प्रतिबद्धता र हामीले लिएको अठोट बल्ल आज पूरा भएको थियो । 

एनालग क्यामराबाट रिलमा खिचिएको भिडियोलाई डिजिटल फर्ममा लैजानुपर्ने थियो । यसका लागि केही समय लाग्यो । अन्ततः श्रीकान्तबासँग गरिएको कुराकानीलाई जस्ताको तस्तै राखी बिनासम्पादन १० वटा डिभिडि चक्का तयार पारिए । हामी तिनैजना गएर संयुक्त रूपमा ती चक्का बुबालाई उपलब्ध गराउँने सल्लाह भए पनि तीनै जनालाई एकै पटक समय मिलाउँन सकिएन । अन्ततः डा.जीवन र यमजीसँग सल्लाह गरी ती चक्का लिएर म नै बुबाको घरमा गएँ । केही चक्काहरूलाई ल्यापटपमा राखेर सर्सर्ती देखाएँ । फोटोग्राफी निकै सफासँग तयार भएको रहेछ । बुबा, आमाले सन्तोष प्रकट गर्दै हामी तीनै जनालाई धन्यवाद दिनुभयो । मैलै ती चक्का बुबाकै हातमा सुम्पिएर एक पटक पूरै हेर्न र केही सच्याउँनु पर्ने भए सुझाव दिन अनुरोध गरें । बुबाले ती चक्का सबै हेर्नुभयो कि भएन र त्यसमा उहाँको प्रतिक्रिया के रह्यो हामीबिच दोहोरो कुरा नहुँदै बुबा जानुभयो । मलाई लाग्छ ती १० वटा चक्का गायत्री आमासँग सुरक्षित हुनुपर्छ । सुरुमा खिचिएको प्रति– एनालग प्रविधिको रिल भने अहिले पनि वाचडग मिडिया प्रा.लि.सँग सुरक्षित छ ।

हाम्रो योजना यतिमै सीमित थिएन । दुराडाँडामा गएर श्रीकान्तबाको घर र बारीको छायाङ्कन गर्ने, उहाँकै अगुवाइमा खुलेका तत्कालीन १२ सदन प्रा.वि.हरू, सर्वोदय उ.मा.वि., सर्वोदय क्याम्पस, पाणिनि संस्कृत हाइस्कुलको छायाङ्कन गर्ने, २००६ सालमा पं. तोयनाथको अगुवाइमा बाहुनहरूले हलो जोतेको अर्चल्यानीको बाटेगरो लगायत पं. तोयनाथको पैतृक थलो, वि.सं.१९७२÷७३ तिरै पं. कोमलनाथ अधिकारीले विद्यार्थी बटुलेर पढाएको बेलचौतारी, हरिजनहरूका लागि अलग्गै स्कुल खोलिएको ठाउँ ढोकाथापे, टीकाराम गुरुले बरबोटमा पढाएको थलो र गुरुले नै राहुलेमा सुरु गरेको सामूहिक पुराणवाचन मञ्च रहेको थलो, खजेदुरा, द्यौबहादुर दुराका पैतृक थलाहरू, सिन्दुरे ढुङ्गा, रानी ओढार लगायतका दुराडाँडाका यावत् ऐतिहासिक प्रसङ्गसँग जोडिएका सम्पदा र ती सम्पदासँग जोडिएका स्थलहरूको छायाङ्कन गरेर त्यसलाई एक ऐतिहासिक डकुमेण्ट्रीका रूपमा तयार गर्ने योजना थियो तर यसका लागि चाहिने समय र स्रोत जुटाउँन नसकेका कारण यो काम अझै अधुरै छ । आशा छ यो काम पनि हामी सम्पन्न गर्नेछौं ।

हरेक समाज कुनै एक निश्चित कालखण्डमा निश्चित मान्छेहरूको योगदानका कारणले नै समुन्नत र सर्वमान्य भएको हुन्छ । दुराडाँडाका सम्बन्धमा पनि यो लागु भएजस्तो लाग्छ । वि.सं. १९७० देखि २०७० सम्मको यो एक शताब्दीमा दुराडाँडालाई दुराडाँडाका रूपमा चिनाउँन धेरै अगुवाहरूले अमूल्य योगदान गरेका छन् तर वर्तमानसम्म आइपुग्दा हामीले हाम्रा धेरै अग्रजहरू गुमाइसकेका छौं  । जस्तो कि– कठोर राणाशासनका बेलामा समेत हलो जोतेर सामाजिक क्रान्तिको बिगुल फुक्ने पं. तोयनाथ, दुराडाँडामा स्कुल खोल्न बर्मामा चन्दा उठाएर पठाउँने बुद्धीसागर न्यौपाने, सर्वोदय हाइस्कुलमा निःशुल्क हेडमास्टरको जिम्मेवारी निर्वाह गर्ने भीष्मकान्त अधिकारी, आफ्ना पैसाले कापी कलम किनिदिएर पढ्न हौस्याउँने यज्ञप्रसाद बाँस्तोला, सर्वोदयलाई विद्यालय सञ्चालनका लागि जग्गादान गर्ने मु. हरिभक्त पौडेल समेतका दानवीरहरू आदि, आदि । यस सूचीमा पर्ने सयौं पुर्खाहरू हुनुहुन्छ तर धेरैलाई हामीले गुमाइसक्यौं । हिजोका कुरा आजको पुस्तालाई सार्न सक्ने अग्रजहरू अब थोरै मात्र बाँकी हुनुहुन्छ । पुराना पिंढीका अनुभव र योगदानहरू नयाँ पिंढीका लागि प्रेरणाका पुञ्ज हुन् तसर्थ संभव हुन्छ भने हामीमाझ जीवित रहनुभएका अघिल्लो पुस्ताका बुबा, आमाहरूका अनुभव, ज्ञान र जानकारीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न उहाँहरूका अनुभवलाई यसरी नै छायाङ्कन गरेर राख्न सके ती सम्पदा भावी पुस्ताका लागि अमूल्य निधि हुने थिए भन्ने लाग्छ । यसमा सहमत हुनेहरू जुट्न सक्यौं र पाका, पुरानाका ज्ञान र अनुभवलाई नयाँ पुस्ताका लागि संरक्षण गर्न सक्यौं भने समाजका लागि यो एक पवित्र कर्म हुनेछ । 

के छ कुराकानी मा ?

मैले माथि नै उल्ल्ेख गरिसकेको छु कि कुराकानी मूलतः श्रीकान्तबाका भोगाइसँग नै सम्बन्धित छ । राजनीतिक, सामाजिक र शैक्षिक गरी उहाँको जीवनका मूल तीन आयामसँग केन्द्रित रहेर प्रश्न गरिएको छ र कुराकानीमा त्यसको सविस्तार वर्णन र व्याख्या छन् । कुराकानीमा हजारौं महत्त्वपूर्ण घटनाक्रमसँग जोडिएका मिहिन कुराहरू छन् । दुराडाँडाबाट काठमाण्डौ पढ्न आउँदा उहाँ कसको साथ लागेर आउनुभयो ? बनारसमा उहाँलाई कृष्णप्रसाद भट्टराईसँग भेटाइदिने को थियो ? बनारसबाट फर्केर आएपछि कसको प्रेरणाले विन्ध्यवासिनी आधार हाइस्कुलको शिक्षक हुनुभयो ? क्रान्तिमा कसरी लाग्नुभयो ? क्रान्तिका बेलामा जेलमा पर्दा कसको सान्न्ध्यि पाउँनुभएको थियो ? पोखरा र कुन्छा कब्जा कसरी गरिएको थियो ? नेपाली काँग्रेसका नेता कार्यकर्ताको गाउँसहरमा भएको भेलाले लमजुङ जिल्लाको पहिलो काँग्रेस सभापति कसलाई चुनेको थियो ? जस्ता मसिना जस्ता लाग्ने तर अर्थपूर्ण प्रसङ्गहरूसँगै सामाजिक र शैक्षिक आन्दोलनका सयौं अगुवाका योगदानका चर्चाहरू समेटिएका छन् । दश वटा डिभिडिमा दुराडाँडाको मात्र नभई समग्र मुलुकको राजनीतिक, आर्थिक, सामाजिक ,सांस्कृतिक विषयका विषद् चर्चा छन् । जातीय सद्भाव र महिला जागरणका प्रसङ्ग छन् । बेलचौतारीको पाठशाला र भाषापाठशालाको स्थापनामा पं. कोमलनाथको योगदान, धुवाउँने ठाँटीको निर्माण र त्यसको व्यापारिक महत्त्व, स्याङ्जा बर्साम्मीका पं. टीकाराम पौडेलको विद्वत्ता र दुराडाँडाको शैक्षिक विकासमा उहाँको योगदान, दुराडाँडाको हलोक्रान्ति, १४ वटा प्राइमरी स्कुलहरूको सञ्चालन र तिनमध्ये १२ वटाले पाएको स्वीकृति, दुराडाँडाको शैक्षिक विकासमा दीर्घराज कोइरालाको भूमिका, सर्वोदय मा.वि.को स्थापना, सञ्चालन र रजतजयन्ती समारोहको भव्यता, पाणिनि संस्कृत मा.वि.को स्थापना, माओवादी जनयुद्ध र शान्तिपदयात्रा, समसाययिक राजनीतिक, आर्थिक र सामाजिक विषयबारेका ऐतिहासिक जानकारी र विश्लेषणहरू यसमा समेटिएका छन् । 

हामीले श्रीकान्तबालाई यो कुराकानीको डिजिटल उत्पादन र बिक्री वितरणको व्यवस्थापन एवं त्यसबाट प्राप्त आयको उपयोगका क्षेत्र के हुनसक्छन् भनेर सोधेका थियौं । यसको उत्तरमा उहाँले आपूm समेत दुराडाँडावासी सबैको योगदानमा दुराडाँडाक्षेत्रको समग्र विकासका लागि एउटा साझा ट्रस्टको स्थापना होस्, उक्त ट्रस्टमा स्वदेश वा विदेशमा रहेका सम्पूर्ण दुराडाँडेले वार्षिक रूपमा कम्तीमा आफ्नो एक दिनको आम्दानी जम्मा गरोस् र प्रस्तुत कुराकानी समेटिएको सामग्री बिक्रीको आयबाट प्राप्त हुने रकम पनि त्यही ट्रस्टमा जम्मा होस् भन्ने पवित्र चाहना राख्नु भएको छ । 

श्रीकान्तबाको पार्थिव शरीर अस्ताए पनि उहाँ नेपालको राजनीति र खास गरीे शैक्षिक र सामाजिक जागरणको आकाशमा ध्रुवताराजस्तै अटल, अमर र अजेय हुनुहुन्छ । दुराडाँडालाई दुराडाँडाको पहिचान दिन उहाँले सिँचेको पसिना दुराडाँडाको गरा गरामा भिजेको छ । यतिबेला उहाँ गुण र दोषको सांसारिक रेखाभन्दा माथि पुग्नुभएको छ । उहाँका व्यक्तिगत दोष उहाँसँगै अस्ताएर गएका छन् तर गुणहरू आकाशगङ्गाजस्तै निर्मल र पवित्र भएर भावी पुस्ताका लागि प्रेरणापुञ्ज बनेका छन् । वार्षिक पुण्यतिथिको पावन अवसरमा श्रद्धेय श्रीकान्तबाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।



श्रीकान्त अधिकारी स्मृतिग्रन्थ,२०७० मा प्रकाशित ।