मोवाइलमा घण्टी बज्यो । रातीको दुईबजेको रहेछ । स्क्रीनमा विशुदाजुको नाम र नम्बर देखेपछि मन आत्तियो । रातविरात बज्ने फोनको घण्टीले प्रायः विपत्तिकै सन्देश बोकेर आउने गरेकोले आज पनि कहाँ के भयो भन्ने आशङ्काले मन नराम्रोसंग तर्सियो ।
हतारिएको स्वरमा दाजु नमस्कार........भने ।
अहँ , उत्तर आएन । दोहोर्याएर दाजू भनें, उताबाट गहु्रङ्गो आवाज आयो,
‘बन्धु.......बडो दुःखको खवर छ ।’
‘कसलाई के भो दाजु........ ?’
‘ठाकूर सर...............’
‘के भयो सरलाई.......... ’ मेरो आवाज धसिएको थियो ।
‘सर आज ..........’
दाजूको वाक्य टुिङ्गएन । तर अर्थ टुङ्गिएको थियो । समय टक्क अडिए झैं लाग्यो । ठाकूर सरको सर्लक्क परेको मोहडा र खिरिलो जिउडाल आँखा अगाडि घुम्न थाल्यो । दाजुभाईका फोन अन थिए । तर हामी चुपचाप थियौं । हामीसंग सान्त्वनाका शव्द थिएनन । दुवैले एउटै पीडा भोगेको बेला कसले कसलाई सान्त्वना दिने ? तैपनि हामी आफै सम्हालिदै आयौं । कहाँ, कहिले र कसरी त्यस्तो भयो ? साथमा को थियो ? अन्तिम संस्कार कहाँ हुदैछ ? लगायत आमा, वहिनीहरु, प्रतीक र परिवारजनबारे कुरा भए । कुराकानीको अन्ततिर मैले लामो सास तानेर भनें, ‘दाजु अव चित्त बुझाउनु बाहेक हाम्रो के उपाय छ र ? अन्तिम दर्शन गर्न पनि जान नसकिने भइयो । तर हामी वहाकै चेलाहरुको सक्रियतामा काठमाडौमा तेह्र दिन भित्रै श्रद्धाञ्जली सभा आयोजना गर्नु पर्छ । थोरै भए पनि गुरुऋण तिर्ने बेला हो यो ।’ दाजुले तत्काल सहमति जनाउनु भयो । यसबारे सवैसंग सल्लाह गरेर अघि बढने निधो गरेर हामीले कुरा टुङ्ग्यायौं ।
दुईभाई बीचको कुरा टुङ्गिए पनि मनको बेग टुङ्गिएन । उडिरहेको मनलाई खिचेर फेरी निदाउन सक्ने सम्भावना थिएन । सुतिरहेका परिवारजन र भाईहरुलाई जगाउने जाँगर पनि लागेन । म एक्लै रातभर जाग्राम बसें ।
मान्छे एक्लै भएपछि आप्mनो मन आफैले नियाल्दै यसका पत्र पत्रमा छिर्न थाल्छ । तरेली परेर बसेका स्मृतिका केस्राहरुलाई यतिवेला एक–एक गर्दै केलाउन सकिन्छ । सुखको वेला मात्तिएर बुर्कुसी मार्दै बाङ्गोटिङ्गो कुदने मन विपदको वेलामा भने सिधा रेखामा लुरुलुरु हिडन थाल्छ । मेरो मन पनि हेडसरसंगका सामिप्य र स्नेहील सम्बन्धका गोरेटोलाई स्मरण गर्दै निन्याउरो अनुहार लगाएर हिडिरह्यो ।
चार कक्षासम्म देवीसदन प्राइमरी स्कूल, तुर्लुङमा पढेर सर्वोदयमा कक्षा पाँचमा भर्ना हुँदा मेरो उमेर नौ वर्षको थियो । स्कूले शिक्षा चौध वर्षकै उमेरमा पूरा गरेका कारण मेरो स्कूले जीवन केटाकेटीमै वित्यो । कसले के गरिरहेको छ भनेर देखेपनि किन गरिरहेको छ भनेर विश्लेषण गर्ने क्षमता फराकिलो भैसकेको थिएन । सायद यही कारणले होला सवै सरहरुसंगको सम्बन्ध गुरु चेलाको सोझो औपचारिकतामै सिमित रह्यो । कुनै सरको पढाउने शैली साह्रै मन पथ्र्यो , तर कहिल्यै वहाँसंग ‘सरको पढाउने शैली साह्रै मन पर्छ’ भन्न सकिएन । कसैले आपूmलाई अरु सरले भन्दा धेरै माया गरेको अनुभूत त गरिन्थ्यो तर ‘म पनि तपाइलाई माया गर्छु’ भनिएन । मीठो बोली, व्यवहार भएका सरहरुलाई आजसम्म पनि ‘तपाईको कस्तो मीठो, बोली व्यबहार छ ’ भनेर भन्न सकेको छैन । न त टर्रो व्यवहार गर्ने सरहरुलाई ‘तपाईं त कस्तो टर्रो हुनुहुन्छ ’ नै भनिएको छ । जरुरी नपरेसम्म वा सरहरुले नै नवोलाएसम्म नजिक पर्न पनि खोजिएन । मेरो मात्र हैन सायद उतिवेलाका सवै गुरु चेलाका सम्बन्धका कथा यस्तै यस्तै होलान जस्तो लाग्छ । वास्तवमा हाम्रो पालाको सोच, शैली, संस्कार र व्यवहार नै त्यस्तै आदर्शले डोरिएको थियो । केटाकेटीहरु आपूmभन्दा ठूला, मान्यजनसंग सवालजवाफ नगर्ने, नजिक नपर्ने र मान्यजनहरु पनि आपूmभन्दा साना र अझ केटाकेटीसंग खुलेर कुरा नगर्ने । स्नेह र कामना कतै भित्र कुनामा थन्क्याएर प्रकटमा आदेश वा आज्ञा मात्रै प्रदर्शन गर्ने र मन परोस नपरोस खुुरुखुरु त्यस्ता आज्ञा, आदेश पालना गर्ने चलन थियो ।
हेडसरसंगको सम्बन्ध पनि स्वभावतः मौनताभित्रै स्थापित भयो । मौनतामै झाङ्गियो । भित्रैदेखि हाम्रो हेडसर भनेर गर्व गरियो ,श्रद्धाले शीर निहुर्याइयो । तर ‘म तपाईको चेलो, यहाँसम्म आइपुग्नुमा तपाईको पसीना, लगन र प्रेरणाको अहम भूमिका छ, तसर्थ तपाईप्रति ऋणि छु, आभारी छु ।’ भनेर कहिल्यै मुख फोर्न सकिएन । स्कुल छोडेपछिका दिनमा समेत सरसंग प्रत्यक्ष भेटघाट हुँदा वहाँ प्रतिको श्रद्धाकै कारण उव्जिएको एकखालको अदवले गुरु र चेलाकै सम्बन्धमा मात्रै सिमित राखिरह्यो ।
हेडसरले हाम्रो कक्षालाई विषय शिक्षकको रुपमा कुनै खास विषय त पढाउनु भएन तर कुनै विषय शिक्षकको अनुपस्थितिका कारण खाली हुने कक्षामा प्रायः हेडसर नै आउनुहुन्थ्यो । विद्याार्थीले कुन विषयमा राम्रो गरिरहेका छन ? कुन विषयमा कमजोर छन ? भनेर मिहिन ढंगले छाम्नुहुन्थ्यो । कुन शिक्षकसंग विद्यार्थी सन्तुष्ट छन र कोसंग छैनन भन्नेबारे हामीसंगै सोधेर पत्ता लगाउनु हुन्थ्यो । कुनै विद्यार्थी नियमित रुपमा स्कूल आएको छैन भने त्यसको कारणबारे उसकै घर नजिकको कोही विद्यार्थीसंग बुझ्नुहुन्थ्यो । कहिलेकाही भने सीधै पढाइ लेखाइकै कुरा हुन्थे । अंग्रेजी ग्रामर साह्रै राम्रो गरी पढाउनुहुन्थ्यो । नेपाली कविता भाका हालेर पढन लगाउनु हुन्थ्यो । समय समयमा नेपाल र विश्वका प्रख्यात साहित्यकारहरुको जीवनी, महत्वपूर्ण वैज्ञानिक आविष्कार र तिनका आविष्कारक, कुनै देशको भौगोलिक र राजनैतिक अवस्थाबारे आप्mनै आखाले देखे झैं सविस्तार वताइदिनु हुन्थ्यो । हरेक शुक्रवार हुने अतिरिक्त क्रियाकलापमा भाग लिन हौस्याउनु हुन्थ्यो । पाठ्य पुस्तक भन्दा बाहिरका विविध विषयमा विद्यार्थीलाई मन छुने गरी अथ्र्याईदिने वहाँको शैलीले हेडसरका क्लास कहिल्यै पट्यार लाग्दा भएनन ।
एउटा हेडमाष्टरसंग विषयगत ज्ञानका अलावा आफ्नो सम्पूर्ण टीमलाई लक्षित उपलव्धि हासिल गर्ने मार्गमा डोर्याउन सक्ने नेतृत्व क्षमता अपरिहार्य हुन्छ । सायद उसको सपना भनेकै आप्mनो विद्यालयको शैक्षिकस्तर उच्च होस ,आप्mना विद्यार्थी गर्व गर्न लायक हुन, विद्यालयको शान र मान पर परसम्म फैलियोस भन्ने नै हुँदाहुन । ठाकूर सरका यी सपना पूरा भएका छन । वहाँले नेतृत्व गरेको कालखण्डमा सर्वोदयको शैक्षिक उन्नयनका साथै भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेख्य काम भएका छन । वहाँको नेतृत्वको सर्वोदय लगनशील शिक्षक, गुणस्तरीय शिक्षा र चुस्त व्यवस्थापन शैलीको त्रिवेणी बनेको थियो । फलस्वरुप ठाकुर सर र वहाँको नेतृत्वमा सर्वोदयको सेवामा खटनुभएका आदरणीय सरहरुले ताते ताते गराउदै उज्यालो गोरेटोमा हिडन सिकाएका हामी धेरै चेलाचेली जीवनको फराकिलो राजमार्गमा शीर उँचो पारेर हिडने भएका छौं ।
एस.एल.सी. पछि सरसंगको प्रत्यक्ष भेटघाट पातलियो । सामान्यतः दशैमा घर जाँदा चिहानपाटामा हुने मिलनसमारोहमा सरसंग भेटघाट हुन्थ्यो । परैबाट गरेको नमस्कार फर्काउदै सर हामी नजिक आउनु हुन्थ्यो । सञ्चो विसञ्चो र अरु केही सामान्य औपचारिकता पछि आफ्ना कोमल हातले हाम्रा काँधमा हल्का थपथपाएर विदा दिनुहुन्थ्यो । त्यो थपथपाईमा खुशी, सन्तोष, आशिर्वाद र मायाका विम्व लुकेका हुन्थे । त्यो थपथपाइसंगै शरीरमा रोमाञ्चक तरङ्ग दौडेको अनुभूति हुन्थ्यो ।
जागीरको सिलसिलामा चवन्न पचपन्न सालतिर म वेशिशहर बसें । शिक्षा कार्यालयमा काम गर्ने हुँदा सरसंग प्रायः दिदिनै जस्तो भेट हुन्थ्यो । वेसिशहरमा हुने साहित्यिक जमघटमा धेरैजसो संगै पनि भइन्थ्यो । उमेरले परिपक्व हुदै आएका कारण भेटघाट हुँदा लाग्ने दकस पनि मथ्थर भएको थियो । म आदरले निहुरिन्थे वहाँ वात्सल्यले उठाउनु हुन्थ्यो । तर हामी आपसमा खुलेर कुरा गर्न थालेका थियौं । सर स्नेहवस ‘बन्धु बाबु’ भन्नु हुन्थ्यो र मलाई ‘ हेडसर’ को सम्वोधन नै प्यारो लाग्थ्यो । जिल्लाका हाइस्कूलका पुराना प्रधानाध्यापक मध्ये ठाकूर सरको स्थान उच्च र सम्मानित थियो । शिक्षा कार्यालयमा हुने कतिपय मिटिङ्गमा सर सहभागी हुँदा सवैले ठाकूर सरबाट आउने राय सुझावको प्रतिक्षा गर्थे । सटिक भाषामा तर्कपूर्ण राय प्रस्तुत गर्ने वहाँको शैली गज्जवको थियो । सरकारी सेवाबाट अवकाश लिएपछि पनि सदरमुकाममा बसेर जिल्लाकै नमूना निजी स्कूलको नेतृत्व गरिरहनु भएका हेडसरले शिक्षा र साहित्यको संगसंगै सेवा पुर्याइरहनु भएको थियो ।
गतवर्षको गुरुपूर्णिमाको दिन लेखनाथ सदनमा आयोजना हुन लागेको आप्mनो कविता कृति ‘बेलाका बोलीको’ विमोचन कार्यक्रममा सहभागी हुन सर आफैले फोन गरेर आमन्त्रण गर्नुभयो । ‘विदाको दिन परेन ,अप्ठेरो होला, तर बाबुहरु त जसरी पनि आउनु पर्छ नि.....’ निमन्त्रणाका यी प्रत्येक शव्दमा मिसिएको स्नेह रसले लुछुप्प भिजे जस्तै भएँ म र गुरुश्रद्धाका निम्ति जसरी पनि आउने वाचा गरें । कार्यक्रमको दिन वहाँ लेखनाथ सदनको ढोकामै उभ्भिएर आगन्तुकहरुलाई स्वागत गरिरहनु भएको थियो । विनम्रतापूर्वक नमस्कार गर्न उठेका मेरा दुवै हातलाई सरले पूर्ण नमस्कारपूर्व नै च्याप्प समात्नु भयो । मेैले वहाँका हातमै आप्mनो शीर छुवाएर अभिवादन गरें । कार्यक्रममा उपस्थित भए पनि अफिस फर्कनै पर्ने वाध्यताले पूर्ण अवधिभर बस्न सकिन । कार्यक्रम हलवाट निस्कने वेला क्षमापूर्ण आखाँले वहाँलाई पुलुक्क हेरें । वहाँले आँखाकै भाषामा सम्मति दिनु भयो । जीवनभरका लागि त्यही हेराई अन्तिम भयो.............. ।
वहाँ दिवंगत भएको तेह्रौं दिन नवोदित कलेज काठमाडौमा वहाँका शिष्यहरुकै सक्रियतामा परिवारजन, अभिभावक, सहकर्मी, दौतरी, आफन्त र शुभचिन्तकहरुको सहभागितामा भव्य र शालिन श्रद्धाञ्जली सभाको आयोजना भयो । प्रस्तुत स्मृतिग्रन्थ पनि त्यही प्रयासको निरन्तरताकै प्रतिफल हो । यी प्रयासमा संलग्न वहाँका शिष्य र शुभचिन्तकको लहरमा मिसिएर हातेमाले गर्ने इमान्दार प्रयास गरें । आगामी दिनमा पनि वहाको स्मृतिमा हुने सवै गतिविधिमा सरिक हुने अवसर पाउन सकुँ ।
वगिरहेको विशाल जलराशीबाट घडा उवाए झै वहाँका मूल्य, मान्यता, आदर्श र सद्गुण उवाउने अवसर पाएकै कारण जीवनलाई सद्मार्गमा डोर्याउन पाइयो । यसकालागि वहाँसंग कृतज्ञ छु । प्रथम पूण्य तिथिमा हेडसरको आत्माको चिरशान्तिको कामना सहीत श्रद्धा सुमन अर्पण गर्दछु ।
(ठाकुरप्रसाद छाँगा स्मृतिग्रन्थ,२०६९ बाट साभार)

देशबन्धु अधिकारी